काठमाडौं —क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा एक अमेरिकी यात्रुवाहक विमान पल्टिएर जमिनमा उल्टो परेको अवस्थामा पुग्दा त्यसमा सवार केही यात्रुहरू घाइते भएका बताइएको छ ।
अमेरिकी सहर मिनिसोटाबाट उडेको डेल्टा एअरलाइन्सको उडानमा सवार रहेका सबै ८० जनाको उद्धार गरिसकिएको अमेरिकी सङ्घीय उड्डयन प्रशासनले जनाएको छ । दुर्घटनाग्रस्त उक्त विमान टोरन्टो पिअरसन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा छ ।
अनलाइनहरूमा राखिएका नाटकीय भिडिओ फुटेजहरूमा अग्नि नियन्त्रकहरूले विमानबाट यात्रुहरूलाई बाहिर निकालिरहेको देखिन्छ । प्रहरीले दुर्घटनाको कारण अहिलेसम्म थाहा नभए तापनि “अधिकांश यात्रु सकुशल रहेको” जनाएको छ ।
१८ जनालाई अस्पताल पुर्याइएको छ । एक बालकसहित तीन जनालाई गम्भीर चोट लागेको बताइएको छ । क्यानडाकी यातायात मन्त्री अनिता आनन्दले आफूले यस “गम्भीर घटना” को निगरानी गरिरहेको बताएकी छन् । विमानस्थलकी प्रमुख कार्यकारी अधिकृत डेबोरा फ्लिन्टले मानवीय क्षति नहुनुमा आपत्कालीन सेवाका मानिसहरूको चुस्त प्रतिकार्यलाई श्रेय दिइन् ।
यतिखेर टोरन्टोमा कठ्याङ्ग्रिँदो जाडो छ र तीव्र गतिको हावा पनि चलिरहेको छ । त्यहाँ एक साताको अन्तरालमा दुई वटा हिम आँधी पनि चलेका थिए । बुधवार र शनिवार आएका दुई हिम आँधीले सहरमा ३०(५० सेन्टिमिटर हिउँ जमेका छन् ।
घटनाअघि विमानस्थलले सोमवार १ हजार भन्दा धेरै उडानमा १,३०,००० भन्दा धेरै यात्रुहरू उड्ने तालिका रहेको भन्दै एक “व्यस्त दिन” हुने अपेक्षा गरिएको जनाएको थियो । सो विमानस्थलले सप्ताहान्तदेखि सोमवारसम्म सयौँ उडान रद्द र तालिका सार्ने काम गरिरहेको थियो ।
Trending Now
- राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ उठाउँदै
- US-Iran nuclear talks in Oman
- शेष घले र अमृतरत्नले सय रोपनीमा हाइ इण्ड रिसोर्ट खोल्दै, ६ अर्बमा ६० वटा भिल्ला
- श्रृंखलाको गीत ‘छैन हो छैन’ सार्वजनिक
- CONMEBOL proposes expanding 2030 FIFA World Cup to 64 teams
- ट्रम्प ट्यारिफमाथि चीनको जवाफ– हामी चुप लागेर बस्ने छैनौँ
- काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
- एउटै जिल्लामा १२ जलविद्युत् आयोजना निर्माणाधीन
- शुक्रबारदेखि देशभर टाटाको नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव
- रोयल मर्चेन्ट बैंकिङ घोटाला: विशेषको फैसलाविरुद्ध एक वर्षपछि सर्वोच्च पुग्यो अख्तियार
Comments are closed.