Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

कर्णाली उत्सव आजदेखि सुरुहुँदै

himalaya Diary News Service by himalaya Diary News Service
March 11, 2022
in Literary Festival & Event, Literature, Nepal, News
0
कर्णाली उत्सव आजदेखि सुरुहुँदै
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ, २७, फागुन, २०७८

सुर्खेत — ‘कुडा कर्णालीका’ नारा दिइएको कर्णाली उत्सवको तेस्रो संस्करण वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा शुक्रबारदेखि सुरु हुँदै छ । कर्णालीको पहिचान र सम्भावनालाई उजागर गरी ऐतिहासिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय महत्त्वलाई राष्ट्रिय रूपमा परिचित गराउन उत्सव आयोजना गरिएको संयोजक कमलराज लम्सालले बताए ।

 

आयोजक ऋति फाउन्डेसनले बिहीबार पत्रकार सम्मेलन गरी उत्सवमा विभिन्न विषयका दर्जन सेसन सञ्चालन गरिने जानकारी दिएको छ । उत्सवको सुरुमा प्रज्ञा प्रतिष्ठानका प्रा. दिनेशराज पन्तले ‘खस भाषाको लहरो’ विषयमा विद्वत प्रवचन दिनेछन् । ‘विकासका लागि विचार’ विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही बोल्नेछन् । उत्सवमा ‘उत्सवको उत्साह’, ‘पौकलो’, ‘कर्णाली भेरीको सुसेल्दो छ’ र ‘बजार विकास, हजार निकास’ सत्र पहिलो दिनमा सञ्चालन हुनेछ । उत्सवलाई कर्णालीलाई चिन्ने र चिनाउने अभियानका रूपमा लिइएको आयोजक समूहका सदस्य केवलप्रसाद भण्डारीले बताए ।

 

उत्सवको दोस्रो दिन ५ वटा सत्र सञ्चालन हुनेछन् । ‘झरो–उज्यालोको खरो’ मा गजेन्द्र महत, कुलमान घिसिङ र निशा रानाले बहस गर्नेछन्, जसको सहजीकरण महेश नेपालीले गर्ने भएका छन् । ‘लगानीमा लगाम’ मा चन्द्र ढकाल, चण्डीराज ढकाल, निरक केसी र तारा शाहीले बहस गर्ने आयोजकले जनाएको छ । त्यस्तै ‘आरन, अन्वेषण र आविष्कार’ मा महावीर पुन, डीबी नेपाली, सहवीर कामी, कविता पाण्डे रहनेछन् । यस्तै ‘कर्णाली भेरी तिरैतिर, भविष्यको पीर’ सत्रमा सृजु शर्मा, राधा वाग्ले, युवराज कार्की र डा. सुदीप ठकुरीले बहस गर्नेछन् भने ‘रैवार, रैवार’ मा वैकुण्ठ अर्याल, युवराज घिमिरे, टीकाराम यात्री र दीपा कोइरालाको बहस हुनेछ ।

 

तेस्रो दिनको सत्रमा ‘शून्य समय’ मा कर्णाली प्रदेशसभाका सदस्य देवी वली, सीता नेपाली र प्रदेशसभा सचिव जीवराज बुढाथोकीको छलफल राखिएको छ भने ‘वादविवाद र संवाद’ मा गगन थापा र रामकुमारी झाँक्रीले बहस गर्नेछन् । ‘उमेरको उमंग’ मा विद्यार्थी नेतृहरू पञ्चा सिंह, पुनम भट्ट, सुनिता बराल, आरती लामा र प्रकृति भट्टराईबीच संवाद हुनेछ भने ‘विकासको बाटो’ मा मधु मरासिनी, कर्णाली प्रदेशका आर्थिक तथा योजनामन्त्री बिन्दमान विष्ट र डा. विमला राई पौडेलले बहस गर्नेछन् । उत्सवको अन्तिम सत्रमा कर्णाली चिन्तनबारे डा. विश्व पौडेलको प्रवचन समावेश गरिएको छ ।

Advertisement Banner
Previous Post

लेखक नयनराज पाण्डेको उपन्यास माथि चलचित्र बन्ने

Next Post

गीता रेग्मी र दीपक अर्यालको नियात्रा कृति सार्वजनिक

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
गीता रेग्मी र दीपक अर्यालको नियात्रा कृति सार्वजनिक

गीता रेग्मी र दीपक अर्यालको नियात्रा कृति सार्वजनिक

Recommended

IMF Executive Board Approves Establishment of the Resilience and Sustainability Trust

IMF warns Russian gas embargo would lead to severe recessions in eastern Europe and Italy

4 years ago
U19 Men’s CWC 2026 countdown begins with trophy unveiling in Harare

U19 Men’s CWC 2026 countdown begins with trophy unveiling in Harare

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.