पाल्पा –– दुई वर्ष अघिदेखि पुनःनिर्माण सुरु भएको पाल्पा दरबार परिसरमा अवस्थित पुरातात्विक महत्वको मूलढोकाको काम बजेट अभाव देखाएर बीचमै अलपत्र छाडिएको छ ।जीर्ण मूलढोकाको पुनर्निर्माण गर्न एनपिएस कन्स्ट्रक्सन भक्तपुरसँग ८१ लाख ९५ हजार रुपैयाँमा पुरातत्व विभागले ठेक्का सम्झौता गरेर दुई वर्ष अघि काम सुरुवात गरेको थियो । सम्झौतामा उल्लेख भएअनुसार निर्माण व्यवसायीले काम सम्पन्न गरेपनि मूलढोका पुनः निर्माणको काम पूरा हुन सकेको छैन ।
अघिल्लो आर्थिक वर्षमा काम गरेका व्यवसायीले अहिलेसम्म ४६ लाख रुपैयाँ मात्र भुक्तानी पाएको छ भने ३५ लाख भुक्तानी दिन बाँकी रहेको विभागले जनाएको छ । दुई वर्षअघि ठेक्का भएको काम सकिएको र पूरै काम गर्न बजेट नहुँदा समस्या भएको पुरातत्व विभागले जनाएको छ ।
मूलढोकाको जग उठाएर ढोकाको दुई भागको पर्खाल उठाइएको छ । छाना छाउन, ढोका राख्न र शृङ्गारको काम बाँकी रहेको छ । मूलढोकाको बाँकी काम गर्न थप ५० लाख रुपैयाँ भन्दा बढी बजेट आवश्यक पर्ने विभागले जनाएको छ । १ सय ७० वर्ष पुरानो ऐतिहासिक मूलढोका पुनःनिर्माण गर्न दुई वर्षअघि नै ठेक्का लगाइएको हो ।
पाल्पा दरबार परिसरको मूलढोका नेपालकै सबैभन्दा पुरानो ठुलो ढोका मानिन्छ। तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका भाइ बद्रीनरसिंह कुँवरले तानसेनमा रहँदा १९११ देखि १९३० साल भित्र मूलढोका निर्माण गर्न लगाएको इतिहासमा उल्लेख छ । यो ढोकामा २०६२ साल माघ १८ गते तत्कालीन विद्रोही माओवादीले पाल्पा दरबार आक्रमण गर्दा क्षति पुगेको थियो ।
Trending Now
- Six tourists feared dead after submarine sinks in Red Sea
- Canadian Prime Minister Carney says all old ties with the US are over
- कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु
- प्रदर्शनलाई शान्तिपूर्ण बनाउन राजावादी र समाजवादी मोर्चालाई आग्रह
- शीर्ष दलका प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख :टुंगिएन ओलीले जवाफ दिने विषय
- काठमाडौंमा आज उच्च सुरक्षा सतर्कता
- एकता महाधिवेशन संस्था सुधार गर्ने अवसर हो : उच्चस्तरीय समिति अध्यक्ष घले
- नानीबाबा अधिकारीको “मायामा माया” मुक्तकसंग्रह विमोचन
- आज गणतन्त्रवादी र राजावादीको काठमाडौँमा शक्ति प्रदर्शन
- कर्मनाशा खोलाको बगर नै व्यक्तिको नाममा: ८ जना पक्राउ
Comments are closed.