Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

जंगली च्याउ खाँदा एकै परिवारका तीनको मृत्यु

Editorial Team by Editorial Team
June 20, 2022
in Nepal, News
0
जंगली च्याउ खाँदा एकै परिवारका तीनको मृत्यु
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

ओखलढुंगा — जंगली च्याउको तरकारी खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चम्पादेवी–७ फूलबारीकी २४ वर्षीया ढककुमारी लामिछाने, उनका श्रीमान् राजन विष्ट र हजुरआमा हजुरआमा मनमाया विष्टको मृत्यु भएको हो ।

ढककुमारीले गत जेठ २८ मा जंगल जाँदा गोबरमा उम्रेको च्याउ टिपेर ल्याई तरकारी पकाएकी थिइन् । त्यो दिन सासू सीता विष्ट उपचारका लागि काठमाडौं गएकाले घरमा ९३ वर्षीय हजुरआमा मनमाया, २७ वर्षीय श्रीमान् राजन र ढककुमारीले त्यो तरकारी खाए । तीन वर्षीया छोरी करिश्माले भने तरकारी खाइनन् ।

तरकारी खाएलगत्तै उनीहरूलाई बिस्तारै पेट पोलेको महसुस भयो । सानी छोरी करिश्मा पनि त्यही बिरामी भइन् । सामान्य समस्या होला भनेर उनीहरूले घरेलु औषधि उपचार गरे । अप्ठ्यारो बढेको तीन दिनपछि छिमेकीले उनीहरूलाई ओखलढुंगा सामुदायिक अस्पताल मिसन पुर्‍याए ।

गत मंगलबार मिसन अस्पतालमा उपचारकै क्रममा ढककुमारीको मृत्यु भयो । हजुरआमा मनमाया, श्रीमान् राजन र छोरी करिश्मा विष्टलाई थप उपचारका लागि सेनाको हेलिकोप्टर व्यवस्था गरी शिक्षण अस्पताल काठमाडौं पठाइयो । मनमायाको सोही दिन शिक्षण अस्पतालमै मृत्यु भयो भने राजनको मृत्यु उपचारका क्रममा गत बिहीबार भयो । करिश्माको स्वास्थ्यमा भने सुधार आएको छ । अस्पतालले डिस्चार्ज गरेपछि करिश्मालाई ढककुमारीको माइतका आफन्तको जिम्मा लगाइएको छ । तर आर्थिक अवस्था नाजुक भएकाले उनीहरू बिचल्लीमा परेका छन् । गाउँमै एकमात्र विष्ट परिवार उनीहरूको थियो । धेरै वर्ष उनीहरू हालको सुनकोसी गाउँपालिकामा पर्ने कटुन्जेबाट फूलबारी बसाइँ गएका थिए । छिमेकीसमेत रहेका वडाध्यक्ष सुरेश थापाले भने, ‘तीन दिनसम्म घटना लुकाएछन्, त्यसैले यस्तो घटना भयो ।’ कस्तो च्याउ विषालु हुन्छ भन्ने थाहा नपाई खाँदा यस्तो घटना भएको उनले बताए ।

च्याउमा विद्यावारिधि गरेका नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत जयकान्त राउत जंगलका च्याउ किराले खाएको, जंगली जनावरले खाएको भन्ने तर्क गरेर धेरैले प्रयोग गरे पनि त्यो गलत भएको बताउँछन् । नेपालमा पाइने च्याउमा १ सय ५७ प्रकारका खान मिल्ने र सय प्रकारका विषालु हुने जानकारी उनले दिए । मुलुकमा बर्सेनि विषालु च्याउका कारण ५० देखि ७० को मृत्यु हुने गरेको छ । अधिकृत राउतले भने, ‘खाद्य संकटका कारण पनि स्थानीयले झुक्किएर विषालु च्याउ खाएको बुझिन्छ ।’

Advertisement Banner
Previous Post

ब्रेकअप पछि पूर्व प्रेमिकासँग डेटिङ खर्चको क्षतिपूर्ति माग

Next Post

लायन्स क्लब चाबहिल सिटीद्वारा खाद्यान्न तथा स्टेशनरी सामान हस्तान्तरण

Editorial Team

Editorial Team

Next Post
लायन्स क्लब चाबहिल सिटीद्वारा खाद्यान्न तथा स्टेशनरी सामान हस्तान्तरण

लायन्स क्लब चाबहिल सिटीद्वारा खाद्यान्न तथा स्टेशनरी सामान हस्तान्तरण

Recommended

Japanese Defence Minister Koizumi Accuses Chinese Jets of Locking Radar on F-15s

Japanese Defence Minister Koizumi Accuses Chinese Jets of Locking Radar on F-15s

9 months ago
Nepal Industry bodies demanded the government to facilitate the circulation of the bills of INR 500 and 2,000 in Nepal

Nepal improves to 14.8 on global hunger index

9 months ago

Don't Miss

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
NA session endorses special motion on Bhotekoshi disaster

NA session endorses special motion on Bhotekoshi disaster

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.