Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

मस्तिष्कघातबाट कसरी बच्ने?

Editorial Team by Editorial Team
June 25, 2022
in Nepal
0
मस्तिष्कघातबाट कसरी बच्ने?
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

हाम्रो मस्तिष्कलाई पोषण र अक्सिजन निरन्तर आवश्यक पर्छ। रक्तनलीको माध्यमबाट पोषण र अक्सिजन मस्तिष्कमा पुग्छ। रक्तनलीमा अवरोध भए वा फुटे मस्तिष्कमा रगत आपूर्ति कम भई स्नायु कोषिकाहरूमा तत्काल क्षति हुन्छ। यसरी उत्पन्न हुने समस्यालाई मस्तिष्कघात भनिन्छ।

मस्तिष्कघातले स्नायु र स्नायु तन्तुहरूमा स्थायी क्षति पुर्‍याउँछ। जसले गर्दा व्यक्तिको ज्यान पनि जान सक्छ। उपचार गरेर बाँचिहाले पनि मस्तिष्कघात भएका व्यक्ति विकलाङ्ग हुन्छन्। त्यसैले मस्तिष्कघातलाई आपत्कालीन स्वास्थ्य अवस्थाका रूपमा वर्गीकरण गरिएको छ।

मस्तिष्कघात भएका व्यक्तिमा विभिन्न लक्षण देखा पर्छन्। सामान्य भाषामा यसलाई बुझाउन ‘बी फास्ट (BE FAST)’ भनिन्छ। अचानक शरीर कमजोर हुनु, आँखा धमिलो देख्नु, अनुहार बाङ्गिनु, हात-खुट्टा लुलो हुनु, बोली लरबराउनु आदि मस्तिष्कघातका शुरूआतका लक्षण हुन्। यी लक्षण थाहा पाउने बित्तिकै अस्पताल पुर्‍याउन सके बिरामीलाई मृत्यु र विकलाङ्ग हुनबाट बचाउन सकिन्छ।

कसरी हुन्छ मस्तिष्कघात?

मस्तिष्कघात दुई तरीकाले हुन सक्छ। एक, मस्तिष्क भित्रको रक्तनलीमा रगत जमेर हुन्छ। यसलाई ‘स्केमिक स्ट्रोक’ भनिन्छ। अर्को, मस्तिष्कमा रगत आपूर्ति गर्ने धमनीहरू फुटेर हुन्छ। यसलाई ‘हेमोरेजिक स्ट्रोक’ भनिन्छ।

स्केमिक स्ट्रोक भएका व्यक्तिको उपचार औषधि दिएर वा शल्यक्रिया गरेर गरिन्छ। कुनै व्यक्तिमा मस्तिष्कघातको लक्षण देखिएको साढे चार घण्टाभित्र औषधि दिएर नसामा जमेको रगतको पगालिन्छ। उक्त औषधिले काम नगरे वा साढे चार घण्टाभन्दा ढिलो भए शल्यक्रिया नै गर्नुपर्छ।

मस्तिष्कघात भएको २४ घण्टाभित्र अस्पताल आइपुगेका बिरामीलाई नसाबाट मस्तिष्कसम्म तार पुर्‍याई मशिनको मद्दतले जमेको रगतको थेग्लो झिकिन्छ। यसलाई ‘मेकानिकल थ्रोम्बेक्टोमी’ भनिन्छ।

मस्तिष्कभित्रको नसा कुनै कारणले फुटेर हुने मस्तिष्कघातलाई हेमोरेजिक स्ट्रोक भनिन्छ। उमेर बढ्दै जाँदा वा उच्च रक्तचापका कारण मस्तिष्कभित्रको नसाको भित्ता फुट्न सक्छ। नसा पातलो भएर फुल्दै फुकुन्डो बन्छ। त्यो फुकुन्डो कालान्तरमा फुट्छ र रक्तस्राव भई मस्तिष्कघात हुन्छ।

एक पटक फुटेपछि उक्त भित्ता आफैं पनि केही समय वा दिनका लागि बन्द हुन्छ। तर‚ पुनः रक्तस्राव हुने सम्भावना रहन्छ। यस्तो अवस्थामा मस्तिष्कको शल्यक्रिया गर्नुपर्छ। यसको अर्को विकल्प भने तिघ्रामा सानो घाउ बनाएर नसाबाट तार पठाई फुटेको ठाउँसम्म पुर्‍याएर त्यसलाई बन्द गरिन्छ। यस विधिलाई ‘इन्डोभास्कुलर कोइलिङ’ भनिन्छ।

कसलाई हुन सक्छ?

विगतमा मस्तिष्कघात उमेर छिप्पिएका, धूमपान गर्ने, उच्च कोलेस्टेरोल, मधुमेह भएका व्यक्तिलाई लाग्थ्यो। तर, पछिल्लो समय युवामा पनि मस्तिष्कघात हुने गरेको छ। मानिसको फेरिंदो जीवनशैली र खानपानका कारण यस्तो भएको अध्ययनहरूले देखाएका छन्।

यद्यपि, ५० वर्षभन्दा बढी उमेरका, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, मुटु तथा रक्तसञ्चारका समस्या, परिवारका सदस्यमा मस्तिष्कघात भएका व्यक्ति र मस्तिष्क सम्बन्धी बिरामीहरू मस्तिष्कघातको उच्च जोखिममा हुन्छन्। यस्तै, धूमपान र मद्यपान गर्ने, अस्वस्थकर खानपान, निष्क्रिय जीवनशैली तथा व्यायामको अभाव र तनाव लिने व्यक्तिहरूलाई मस्तिष्कघात हुने सम्भावना हुन्छ।

कसरी बच्ने?

मस्तिष्कघातबाट बच्न विशेषतः खानपान र जीवनशैलीमा ध्यान दिनुपर्छ। ताजा र भरसक घरमै बनाइएका खानेकुरा खानुपर्छ। यस्तै, दिनहुँ शारीरिक अभ्यास गर्नुपर्छ।

– हरेक दिन कम्तीमा ४५ मिनेट हिंड्ने।

– धूमपान, सुर्तीजन्य वस्तु तथा मादक पदार्थ सेवन नगर्ने।

– तौल नियन्त्रणमा राख्ने।

– तनाव कम लिने, तनाव कम गर्न योग, ध्यान र व्यायाम गर्ने।

– घरमा बनाइएका ताजा र स्वस्थ खानेकुरा खाने। भरसक मैदाबाट बनाइएका र बजारमा पाइने तथा प्याकेटमा पाइने खानेकुरा नखाने।

– मधुमेह र उच्च रक्तचाप भएका व्यक्ति नियमित डाक्टरको परामर्शमा रहने र सोही अनुसार नियमित औषधिको सेवन गर्ने।

अन्तर्राष्ट्रिय पत्रिका द लान्सेटको सन् २०१९ को प्रकाशनले नेपालीहरूको मृत्युको मुख्य कारणहरूमध्ये मुटु र श्वासप्रश्वासको समस्यापछि मस्तिष्कघात रहेको देखाएको छ। यसअघि मस्तिष्कघात पाँचौं स्थानमा थियो।

यस्तै, गएको एक दशकमा नेपालमा मस्तिष्कघातबाट मृत्यु हुनेहरूको सङ्ख्या ४० प्रतिशत बढेको उक्त पत्रिकामा उल्लेख छ। यद्यपि, यस रोगको समयमै पहिचान र उपलब्ध सेवामा पहुँच कम छ।

त्यसैले मस्तिष्कघातबारे जनचेतना जगाउन अत्यावश्यक छ। मस्तिष्कघात किन हुन्छ? यसबाट कसरी बच्ने? जीवनशैलीमा परिमार्जन कसरी गर्ने? आदिबारे छलफल आवश्यक छ।

डा. मधु देवकोटा

 

Advertisement Banner
Previous Post

प्रज्ञाको नेपाली बाल निबन्ध प्रकाशन

Next Post

26/11 Mumbai terror attack handler, once claimed to be dead, arrested in Pakistan

Editorial Team

Editorial Team

Next Post
26/11 Mumbai terror attack handler, once claimed to be dead, arrested in Pakistan

26/11 Mumbai terror attack handler, once claimed to be dead, arrested in Pakistan

Recommended

Minister Ghising instructs for resumption of Ghumaune Bridge within month

Nepal: Minister Ghising reviews Rs 7.34 billion Siddhababa tunnel project

7 months ago
The World Bank Approves a US$ 700 Million Loan to Promote Ecuador’s Green, Resilient Economic Recovery

Western and Central African Leaders Endorse a New Roadmap to Tackle the Learning Crisis

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.