शार्दूलविक्रीडित छन्द; ‘तातो छ पानी जहाँ’

१=

वाणी सुन्दछु कोइली हजुरको, स्वादिष्ट मेवामय

बित्ने सुन्दरता छ काम रसिलो, उच्चा हुने वाङ्मय

मौका पाइन सक्छ दर्शन हुने, सम्झेर आलोकित

इच्छा यो मनमा छ सञ्चित सफा आराममा सम्मोहित

२=

बग्ने सल्सल सल्ल सल्ल सलिला काली नदीको तट

म्याग्दीमा सुकिली, विचार सुकिली, उद्देश्यमा उद्भट

प्यारो लाग्छ मिजास जो हजुरको पानी छ तातो जहाँ

मौकामाफिक वन्दना हजुरको गर्ने छ यो चाहना

३=

मैले जान्दिन लेख्न, बुझ्न कविता स्वाध्याय थोरै अनि

सेवाको मतिमा समर्पित गरें, आनन्दमा जीवनी

गर्ने दर्शनको उपाय सजिलो, खै मिल्छ होला कहाँ

आज्ञा उपस्थित हुने गर्दै छु दावी त्यहाँ

४=

आहा नाम छ दीप्त भिन्न सरिता बग्ने नदी पावन

बग्दै छाल छ पाइयो “जलन“मा संकेत विज्ञापन

सुन्दामा कविता  विभोर म हुने देखेर सम्भावना

इच्छा दर्शनको बढ्यो अचमको  लालित्य आराधना

५=

माफी बक्सनु पर्छ है हजुरले  गल्ती भएको क्षण

माफी माग्छ समात्छ कान मणिले आनन्दले तत्क्षण

साँच्चै ल्याकत छैन लेख्न कविता, ध्वाँसे बनेको कवि

लेख्ने शाहस मात्र बोक्छ कविले चाहिँ उराल्नै छवि |

 

 

चन्द्रमणी अधिकारी

म्याग्दी, तनहुँ,नेपाल

 

[email protected]

Comments are closed.