Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

नेपाल–चीन अनलाइन साहित्य सम्मेलन सम्पन्न

Editorial Team by Editorial Team
July 6, 2022
in Literary Festival & Event
0
नेपाल–चीन अनलाइन साहित्य सम्मेलन सम्पन्न
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

२१ असार , काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ लेखक सङ्घको संयुक्त आयोजनामा नेपाल–चीन अनलाइन साहित्य सम्मेलन मङ्गलबार सम्पन्न भएको छ । ‘रेसम मार्गमा साहित्यिक कल्पना’ विषयक उक्त सम्मेलनमा नेपाल र चीनका विद्वान् एवम् साहित्यकारहरू अनलाइनका माध्यमबाट सहभागी भएका थिए ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले रेसम मार्गको अवधारणा साङ्केतिक भए पनि यसले आर्थिक, सामाजिक एवम् राजनीतिक जस्तै साहित्यिक र सांस्कृतिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताए । चिनियाँ लेखक सङ्घ र नेपाल प्रज्ञा–प्रतिष्ठान विश्वसनीय समकक्षी संस्था भएको भन्दै उनले यी दुई संस्थाबीच सन् २०१३ मा समझदारी पत्रमा हस्ताक्षर भएयता साहित्यिक भ्रमण आदानप्रदान, अन्तक्र्रिया एवम् अनुवादका कामले गति लिएको भन्दै खुसी व्यक्त गरे । सन् २०१७ मा चीनमा सम्पन्न प्रथम चीन–दक्षिण एसिया साहित्य सम्मेलनको दोस्रो संस्करण नेपाल प्रज्ञा–प्रतिष्ठानले सन् २०१९ मा गरेको थियो ।

कार्यक्रममा चिनियाँ लेखक सङ्घका अध्यक्ष थाइ निङले नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ लेखक सङ्घबीचको संयुक्त पहलबाट दुई देशबीच साहित्यिक आदानप्रदानमा टेवा पुगेको बताए । कोरोना महामारीका कारण केही समय स्थगित जस्तै रहेको द्विपक्षीय साहित्यिक आदानप्रदानले अब गति लिने उनले विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा नेपालका तर्फबाट प्राडा अभि सुवेदी, प्राडा योगेन्द्रप्रसाद यादव, प्राडा रुद्र पौडेल, प्राडा कृष्णचन्द्र शर्मा र उपप्राध्यापक महेश पौड्यालले गोष्ठीपत्र प्रस्तुत गरे भने चीनका तर्पmबाट निङ खन, चाङ छिङह्वा, लिउ चियान, पेई था, वाङ लिउछीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा एक सयभन्दा बढी नेपाली कविता समेटिएको कविता सङ्ग्रहको चिनियाँ संस्करण सार्वजनिक गरिएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानले अङ्ग्रेजी भाषामा अनुवाद गरेको ‘दि भ्वाइस अफ नेपाल’ नामक उक्त कृतिलाई चिनियाँ लेखक सङ्घले चिनियाँ भाषामा अनुवाद एवम् प्रकाशन गरेको हो । जम्मा १३ चिनियाँ कविका ६५ ओटा रचना समेटिएको उक्त कृतिका अनुवाद डा. प्रदीप केसीले गरेका हुन् ।

 

Advertisement Banner
Previous Post

महानन्द साहित्यसाधक सम्मान २०२२  माया ठकुरीलाई

Next Post

फ्रान्सेली फिल्म ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने

Editorial Team

Editorial Team

Next Post
फ्रान्सेली फिल्म ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने

फ्रान्सेली फिल्म ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने

Recommended

कविता: ‘माँ का आँचल सुख का आंगन”

कविता: ‘माँ का आँचल सुख का आंगन”

4 years ago
RSP’s Sudan Gurung secures win in Gorkha-1

RSP’s Sudan Gurung secures win in Gorkha-1

6 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.