Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Uncategorized

‘नारायणमान श्रेष्ठ इतिवृत्त’ कृतिको विमोचन

Editorial Team by Editorial Team
July 12, 2022
in Uncategorized
0
‘नारायणमान श्रेष्ठ इतिवृत्त’ कृतिको विमोचन
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

कवि वसन्त श्रेष्ठको ‘नारायणमान श्रेष्ठ इतिवृत्त’ कृतिको विमोचन गरिएको छ । राजधानीमा काठमाडौंमा एपेक नेपालद्वारा आयोजित एक समारोहका बीच माननीय स्वास्थ्य मन्त्री भवानी खापुङले सो कृतिको विमोचन गरे ।
कार्यक्रममा बोल्दै मन्त्री खापुङले तेह्रथुममा शिक्षाको दीप प्रज्वलनको सुरुवात गर्ने नारायणमान श्रेष्ठका बारेमा पुस्तक नै तयार भएकोमा अत्यन्त हर्षित भएको बताए । उनले भने, “तेह्रथुमको म्याङलुङ बजारमा स्कुल स्थापना गरी त्यस भेगमा साक्षरता अभियान सुरु गर्ने उहाँको योगदान अतुलनीय छ । उहाँले म्याङलुङमा स्कुल स्थापना गरेर शिक्षाको थालनी मात्र गर्नु भएन, चित्रकला, फोटोग्राफी र सङ्गीतका क्षेत्रमा पनि आफन्त र स्थानीय जनतालाई अग्रसर गराउनु भएको हो ।” तेह्रथुममा ‘मगज’ हस्तलिखित पत्रिका प्रकाशन गरेर तेह्रथुमको नयाँ इतिहासको पनि निर्माण गरेको उनले बताए ।
सो कार्यक्रमा वरिष्ठ साहित्यकार प्राडा अभि सुवेदीले राणा शासनको अन्धकारमय युगमा नारायणमान सरले लिम्बुवान क्षेत्रमा विद्यालय स्थापना गर्दा निकै ठूलो चुनौती सामना गरेको बताए । उनले भने, “नारायणमान सरले लिम्बुवान क्षेत्रमा त्यहाँका तुम्बाहाङफेहरूको सहयोग, नेवारहरूको सहयोग, साब्लाका सुवेदीहरूको सहयोगमा सिंहबाहिनी मिडिल स्कुलको स्थापना गर्नुभएको हो ।” यो विद्यालय स्थापना भएपछि त्यहाँ हर्कजङ सुब्बा, पूर्णप्रसाद जोशीलगायत सबै शिक्षा सेवी त्यहाँ आएपछि म्याङ्लुङ शिक्षाको केन्द्र बन्न पुगेको उनले बताए । त्यो कार्यको नेतृत्व नारायणमान श्रेष्ठले गरेको उनले बताए ।
यसैगरी कृतिका लेखक बसन्त श्रेष्ठले उक्त कृति पिता नारायणमान श्रेष्ठले गरेका समाज सेवा कर्मको सप्रमाण फेहरिस्त भएको बताए । उनले भने, “बुबाले गर्नुभएका समाज सेवाका कर्महरूको दस्तावेजसहित यो पुस्तक आम पाठक समक्ष प्रस्तुत गर्न पाउनु मेरो यस जुनीको एकदमै पुनीत कार्य हो भन्ने ठानेको छु । यसभित्र बुबाले समाज सेवा, राजनीतिक र शैक्षिक क्षेत्रमा गरेका योगदानको चर्चा परिचर्चा गरेको छु ।” यो कृति बुबाको जीवन गाथामात्र नभई तेह्रथुमको सर्वस्वीकार्य ऐतिहासिक एउटा दस्तावेजसमेत भएको उनले बताए । यसले तेह्रथुम जिल्लाको सामाजिक, आर्थिक राजनीतिक क्षेत्रमा अनुसन्धान र अन्वेषण गर्न धेरै सहायक सिद्ध हुने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रमका सभापति तथा एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठले म्याङलुङ बजारको स्थापना, सुसञ्चालन र व्यवस्थापनका निमित्त प्राप्त स्मरणीय नारायणमान श्रेष्ठको ठूलो भूमिका रहेको बताए । उनले भने, “यस कृतिमा सङ्कलन गरिएका हस्तलिखित दस्तावेजहरूले तेह्रथुमको सामाजिक, राजनीतिक, साहित्यिक, सांस्कृतिक, शैक्षिक र मनोवैज्ञानिक विकासका लागि समेत नारायणमान श्रेष्ठको योगदान के कस्तो रह्यो भन्ने कुरा यो कृतिमार्फत आएको छ ।” तेह्रथुममा शिक्षाको लागि विद्यालय स्थापना गरी योगदान गरेको र प्रथम प्रधानाध्यापक भएको कदर गर्दै तत्कालीन शिक्षा विभागका डाइरेक्टर मृगेन्द्र समशेर जबराले नारायणमान श्रेष्ठलाई चाँदीको तोडले सम्मानसमेत गरेको उनले बताए ।
उक्त कार्यक्रममा लेखक तथा सर्जकहरू विजय सुब्बा, प्रल्हाद पोखरेल, स्नेह सायमी, माया ठकुरी, श्रीओम श्रेष्ठ रोदन, मञ्जुल, भागिरथी श्रेष्ठ, जयदेव भट्टराई, त्रिभुवनचन्द्र वाग्ले, पद्मावती सिंह, रामप्रसाद पन्त, कोषराज न्यौपाने, चन्द्रबहादुर कार्कीका, लव गाउँले, प्रमोद प्रधान, किशोर पहाडी, निशा केसी, प्रभा बराल, विमला अधिकारी देवकोटा, कमला रानी, सरू श्रेष्ठ, मुकेश मल्ल, प्रद्युम्न जोशी, गोकुल अधिकारी, केदार न्यौपाने, मणिराज सिंह, विनोद नेपाल, राजेश खनाल, शङ्कर भारती, विक्रमभक्त जोशी, जय छाङ्छा, ललिता मल्ल, प्रज्वल अधिकारी, रीता खत्रीलगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।

Advertisement Banner
Previous Post

Soft but tough: Biohybrid material performs like cartilage

Next Post

Different creators honored with Pushpalal National Award

Editorial Team

Editorial Team

Next Post
Different creators honored with Pushpalal National Award

Different creators honored with Pushpalal National Award

Recommended

Nepal Govt revokes license of Chinese state-owned company to construct 1200 MW hydel project

Nepal: Govt extends 81-day-old import ban on 10 types of goods till end of August

4 years ago
महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

6 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.