Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

साइबर व्यूरो प्रोजेक्ट सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न

Editorial Team by Editorial Team
July 12, 2022
in Feature
0
साइबर व्यूरो प्रोजेक्ट सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २८ असार

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र KOICA (Korea International cooperation Agency) नेपालका पदाधिकारीहरूबीच नेपाल प्रहरीको साइबर व्यूरोको क्षमता अभिवृद्धिका लागि साइबर व्यूरो प्रोजेक्ट सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले वित्तिय अपराध, साइवर बुलिङ लगायतका साइबर अपराधहरु दिन प्रति दिन बढ्दै गएको अवस्थामा यस्ता कार्यक्रमले नेपाल प्रहरीको संस्थागत विकासका साथै साइबर अपराध नियन्त्रणका लागि थप टेवा पुग्ने बताउनुभयो । साथै उहाँले नेपाल प्रहरी यस प्रकारका अपराध नियन्त्रण तथा अनुसन्धानका लागि अति संवेदनशील र गम्भीर रहेको उल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक सिंहले साइबर अपराधविरुद्ध एक्लै लड्न नसकिने उल्लेख गर्दै KOICA को साइबर व्यूरो प्रोजेक्टसँग आपसी समन्वय र सहयोग आदान प्रदान गरी अगाडि बढ्न नेपाल प्रहरी तत्पर रहेको बताउनुभयो । साथै उहाँले परियोजनाहरूले आगामी दशकहरूमा साइबर अपराध अनुसन्धानको लागि बलियो आधार निर्माण गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

सो अवसरमा KOICA नेपालका डेपुटी कन्ट्री डाइरेक्टर Jong-Sung Choi ले साइबर अपराध नियन्त्रण नेपालको लागि  ठूलो चुनौतीको विषय रहेको उल्लेख गर्दै परियोजना अन्तर्गत आपसी समन्वय गरी काम गर्न आफूहरू तयार रहेको चर्चा गर्नुभयो । साथै उहाँले नेपालमा पनि साइबरको माध्यमबाट वित्तिय अपराध, यौन उत्पीडन र हिंसालगायतका अपराध हुने गरेको पाइएकोले यस्ता अपराध न्यूनीकरणका लागि परियोजनाले जगको रूपमा काम गर्न नेपाल प्रहरीसँग सहकार्य गर्ने बताउनुभयो ।

KOICA नेपालका प्रोजेक्ट मेनेजर Gibum kim ले साइबर परियोजना सम्बन्धी बिषयमा मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सोही प्रोजेक्टका साइबर सेक्युरिटी एक्सपर्ट Younsik Jang ले साइबर व्यूरो प्रोजेक्ट सम्बन्धी गरेका कामहरू, साइबर व्यूरोको अवलोकन र विश्लेषणबाट देखिएका समस्या र सुधार गर्नुपर्ने पक्ष लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु र KOICA नेपालका पदाधिकारीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरूबीच साइबर सुरक्षा सम्बन्धी छलफल समेत भएको थियो ।

Advertisement Banner
Previous Post

China Mobile Research Institute and Huawei Release 5G New Calling Technical White Paper

Next Post

नाबालिका तथा महिलाको तस्विर सम्प्रेषण गरी चरित्र हत्या गर्ने पक्राउ  

Editorial Team

Editorial Team

Next Post
नाबालिका तथा महिलाको तस्विर सम्प्रेषण गरी चरित्र हत्या गर्ने पक्राउ  

नाबालिका तथा महिलाको तस्विर सम्प्रेषण गरी चरित्र हत्या गर्ने पक्राउ  

Recommended

भेनेजुएलाको राष्ट्रपति भवनमा गोली चल्यो, दरबारमाथि अज्ञान ड्रोनहरू उड्दै

7 months ago
Nepal Govt ordered Betting apps, websites to shut in 24 hours

Nepal Govt ordered Betting apps, websites to shut in 24 hours

5 months ago

Don't Miss

Nepal and India sign MoU on pre-arrival export data exchange

India to provide Rs 803 million grant for eight development projects in Nepal

August 12, 2026
RSP nears majority as 28 seats await results

RSP to open ‘Candidate Club’ applications for local election hopefuls from August 17

August 12, 2026
Deuba set to return as Nepali Congress looks to former president for political direction

Deuba set to return as Nepali Congress looks to former president for political direction

August 12, 2026
Inquiry Commission Lifts Travel Ban on Former Home Minister Lekhak

Nepali Congress’ fate to become clear after Deuba’s return: Ramesh Lekhak

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.