Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ

Editorial Team by Editorial Team
July 17, 2022
in Nepal, News
0
मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १ साउन

काठमाडौंका सडक पेटीमा आश्रित व्यक्तिहरुलाई विभिन्न प्रलोभनमा पारी मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भक्तपुर ठिमी बस्ने रामेछाप मन्थली नगरपालिका-५ घर भएका बिधान, हिमाल श्रेष्ठ भन्ने २८ वर्षीय धन बहादुर रोका, काठमाडौं गौशाला बस्ने गुल्मी तम्घास नगरपालिका-२ घर भएका ३१ वर्षीय बिजय कुवँर, काठमाडौं कालोपुल बस्ने दैलेख चामुण्डा बिन्द्रासयनी नगरपालिका-६ घर भएका २८ वर्षीय धुपेन्द्र शाही, काठमाडौं चावहिल बस्ने दैलेख चामुण्डा बिन्द्रासयनी नगरपालिका-६ घर भएका ३२ वर्षीय बिमल बहादुर शाही र भक्तपुर ठिमी बस्ने झापा पृथ्वीनगर नगरपालिका-१ घर भएका छोटे भन्ने २१ वर्षीय आशिष तामाङ रहेका छन् ।

उनीहरूले सडक पेटीमा आश्रित व्यक्तिहरूसँग चिनजान गरी भारतको कलकत्ता गइ मृगौला बिक्री गर्दा ५ लाख रुपैयाँ कमाई हुने र नेपाल आउँदा ५० हजार पर्ने मोबाइल समेत पाइन्छ भन्दै २ जनालाई विश्वासमा पारी मृगौला दाताले गर्नुपर्ने शारीरिक जाँच गरी असार १५ गते भारतको कोलकत्ता लैजानका लागि तयारी अवस्थामा राखेको सूचाना प्राप्त हुनासाथ खटिएको प्रहरीले घटनामा संलग्न धुपेन्द्र, बिजय र बिमललाई पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा सोही घटनामा संलग्न रही फरार रहेका धन बहादुर र आशिषलाई असार २८ गते प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारवाही हुने मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलले जनाएको छ ।

Advertisement Banner
Previous Post

नितु पोखरेलको कवितासंग्रह ‘प्रयास’ लोकार्पण

Next Post

साहित्यकार सुमन वर्षालाई ‘गणेश स्मृति हेमन्ती साहित्य’ पुरस्कार

Editorial Team

Editorial Team

Next Post
साहित्यकार सुमन वर्षालाई ‘गणेश स्मृति हेमन्ती साहित्य’ पुरस्कार

साहित्यकार सुमन वर्षालाई 'गणेश स्मृति हेमन्ती साहित्य' पुरस्कार

Recommended

US President Joe Biden to make his first trip to West Asia region next month

US President Joe Biden to make his first trip to West Asia region next month

4 years ago
चीनद्वारा जापानी सी–फुडको आयातमा प्रतिबन्ध

चीनद्वारा जापानी सी–फुडको आयातमा प्रतिबन्ध

7 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.