Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Kathmandu

कथावाचन कार्यक्रमको चौबीसौं श्रृङ्खला सम्पन्न

himalaya Diary News Service by himalaya Diary News Service
November 18, 2025
in Kathmandu, Literary Festival & Event, Literature
0
कथावाचन कार्यक्रमको चौबीसौं श्रृङ्खला सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौंमा आयोजन गरिँदै आएको कथावाचन कार्यक्रमको चौबीसौं श्रृङ्खला सम्पन्न गरिएको छ । कथा विधाप्रति आम पाठकको रुचि जगाउन र यसको कालखण्डगत विकासबारे चिन्तन, छलफल, अनुसन्धान जस्ता कार्यहरूका माध्यमबाट समग्रमा नेपाली कथा विधाको विकासमा सघाउ पुर्याउने बृहत् उद्देश्य लिई यो पुनर्जागरण अभियान २०८० साउनदेखि साहित्यकारद्वय पुष्कर लोहनी र चन्द्रप्रसाद भट्टराईको परिकल्पनामा शुरु गरिेएको हो ।

हरेक महिना कुनै दिवंगत स्रष्टाको एउटा कथा वाचन गरेर कार्यक्रम शुरु गर्ने गरिए अनुसार यस पटक स्रष्टा विश्वेश्वरप्रसाद कोइराला र सुशीला कोइरालाको संयुक्त लेखनको कथा ‘द्वन्द्वप्रेम’ वाचन गरिएको थियो । ऐतिहासिक साहित्यिक पत्रिका शारदाको वर्ष ६ संख्या १ (विसं १९९७) बाट कथाकार पवित्रा अधिकारीले उक्त कथा वाचन गर्नुभएपछि अन्य चार जना प्रतिष्ठित कथाकारहरूले २०४० देखि २०७० को दशकसम्ममा प्रकाशित आआफ्ना कथा वाचन गर्नुभएको थियो ।

कथाकार इस्मालीले वेदना पत्रिकाको कथा अङ्क (२०४३) मा पहिला प्रकाशित ‘घर’ शीर्षकको रचना आफ्नो कथासङ्ग्रह ‘माछो माछो भ्यागुतो’बाट वाचन गर्नु भएको थियो । कथाकार धीरकुमार श्रेष्ठले नेपाल, वर्ष ३, अङ्क २०, १६–३१ जेठ २०६० मा प्रकाशित कथा ‘मर्ने एउटा कोठा’ सुनाउनु भएको थियो । त्यस्तै, कथाकार गंगा कर्माचार्य पौडेलले ‘छोराको कमाइ’ शीर्षकको कथा वाचन गर्नुभएको थियो । उक्त कथा २०६७ को साहित्यिक पत्रिका नारीस्वरमा प्रकाशित भएको थियो । त्यसपछि कथाकार बिन्दु अधिकारी ढकालले ‘बुहार्तन’ शीर्षकको कथा आफ्नो कथासङ्ग्रह ‘मावली दिदी’ (२०७७) बाट वाचन गर्नुभएको थियो ।

वाचन गरिएका कथाहरुबारे समीक्षकहरू मोहन चापागाईं र ज्ञाननिष्ठ ज्ञवालीले टिप्पणी गर्नुभएको थियो । अन्त्यमा, यस अभियानका परिकल्पनाकार पुष्कर लोहनीले आफूहरूले शुरु गरेको यस कार्यक्रममा कथासाहित्यमा रुचि हुने लेखक, पाठक, पत्रकार र समालोचकहरूको सहभागिता बढ्दै गएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले चौबीसौं श्रृङ्खलासम्म आइपुग्दा कार्यक्रममा अनेकौं सुधार हुँदै गएकोमा सन्तोष व्यक्त गर्नुभयो ।

उपन्यासकार शुकदेव उपाध्यायले अत्यन्तै रोचक ढङ्गबाट कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उहाँले पहिला धेरैवटा कथा वाचन गर्ने गरिएकोमा हाल चारवटा मात्र वाचन गरी तिनीहरुको समीक्षा गर्ने गरिएकाले कार्यक्रमको गरिमा बढ्दै गएको कुराको चर्चा गर्नुभयो । यो मासिक कार्यक्रम शुरुभएदेखि नै साहित्यकार पुष्कर लोहनीको निवासस्थित सभाकक्ष, डिल्लीबजार, घट्टेकुलो, काठमाडौंमा हुने गरेको छ । विसं २०७० को दशकभित्र पुस्तक वा पत्रिकामा प्रकाशित आफ्ना कथा वाचन गर्न इच्छुक सबैले अग्रिममा नाम दर्ता गराई सहभागी हुनसक्ने कुरा आयोजकले जनाएका छन् ।

Advertisement Banner
Previous Post

गैँडाकोटमा चार गजलकारले सुनाए गजल

Next Post

महाकाव्यकार त्रिलोचन आचार्यको ‘अविश्रान्त’ लोकार्पण

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
महाकाव्यकार त्रिलोचन आचार्यको ‘अविश्रान्त’ लोकार्पण

महाकाव्यकार त्रिलोचन आचार्यको ‘अविश्रान्त’ लोकार्पण

Recommended

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने

3 months ago
Nepal records 14 COVID-19 cases on Saturday

Nepal records 14 COVID-19 cases on Saturday

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.