Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

गल्याङमा देवकोटा काव्य उत्सव- २०८२ सम्पन्न

Editorial Team by Editorial Team
November 23, 2025
in Literary Festival & Event, Nepal, News
0
गल्याङमा देवकोटा काव्य उत्सव- २०८२ सम्पन्न
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter
स्याङ्जा, जगत्रदेवी साहित्य सङ्गम, गल्याङ, स्याङ्जाको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको सन्दर्भमा “देवकोटा काव्य उत्सव- २०८२ तथा स्रष्टा सम्मान समारोह” यही कार्तिक २९ गते शनिबार गल्याङ बहुमुखी क्याम्पसको सभाकक्षमा धवलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार व्यक्तित्व काजी रोशन ज्यूको प्रमुख आतिथ्यमा सुसम्पन्न भयो ।
सङ्गमका संस्थापक सदस्य एवम् नवनिर्वाचित अध्यक्ष कवि चण्डिकाप्रसाद भट्टराईको अध्यक्षतामा सुसम्पन्न भएको समारोहमा प्रमुख आमन्त्रित व्यक्तित्व काजी रोशनलाई “जगत्रदेवी साहित्य सम्मान- २०८२” द्वारा विभूषित गरिएको थियो भने नेपाली भाषा साहित्यमा योगदान पुर्‍याउनु भएका स्याङ्जाली साहित्यकार (हाल- भुमही, नवलपरासी निवासी) डा. श्यामप्रसाद न्यौपानेलाई संस्थाका पूर्व अध्यक्ष साहित्यकार सूर्यप्रसाद डुम्रेद्वारा आफ्नी स्वर्गीय धर्मपत्नीको सम्झनामा २०८० सालमा स्थापना गरिएको “रेनुका डुम्रे स्मृति साहित्य पुरस्कार- २०८२” द्वारा दोसल्ला र सम्मानपत्रसहित पहिलोपटक सम्मान गरिएको थियो । हरेक दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कारको राशि रु. पाँच हजार रहेको छ ।
स्मरण रहोस्, गल्याङको सेरोफेरोमा स्थापना र समर्पण गरिएको यो नै पहिलो पुरस्कार हो भने दोस्रो पुरस्कारको रूपमा पोतपवित्रा- प्रवीण स्मृति साहित्य पुरस्कार रहेको छ । करादीखोलास्थित ज्ञानप्रसाद उपाध्यायको परिवारको तर्फबाट स्थापना गरिएको उक्त पुरस्कार हरेक वर्ष राष्ट्रियस्तरका साहित्यकारहरुमध्ये आगामी वर्षदेखि एक जनालाई प्रदान गरिने छ । यो पुरस्कारको नगद राशि पहिलो वर्ष रु. १११११/-, दोस्रो वर्ष रु. १२२१२/- र तेस्रो वर्ष रु. १३३१३ हुँदै हरेक वर्ष क्रमशः बढाउदै लगिने योजना रहेको छ ।
समारोहमा सभाध्यक्ष चण्डिकाप्रसाद भट्टराई, प्रमुख आमन्त्रित व्यक्तित्व काजी रोशन, साहित्यकार डा. श्यामप्रसाद न्यौपाने, नेपाली लेखक संघका केन्द्रीय सचिव युवा कवि तथा साहित्यिक अभियन्ता मिलन समीर, पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मी, पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगोपाल सिंह, गुप्ततारा स्मृति प्रतिष्ठानका अध्यक्ष साहित्यकार अनन्त अर्याल, कवि ध्रुवप्रसाद शर्मा पंगेनी, पोखराथोक साहित्य सङ्गमका पूर्व अध्यक्ष कवि हरि भट्टराई, स्थानेश्वर शर्मा स्मृति राष्ट्रिय प्रतिभा पुरस्कारका संस्थापक साहित्यकार शम्भु अर्याल, साहित्यकार लेखनाथ काफ्ले, सूर्यप्रसाद डुम्रे, कवि प्रेमबन्धु सुवेदी, गजलकार गुरुप्रसाद ढकाल, कवि ढालबहादुर केसी, कवि पार्वती थापा ‘पारु’, मित्रलाल गौतम, रत्नटीका साहित्य सङ्गमका अध्यक्ष कवि पारिश्वर न्यौपाने, गजलकार तिलक भट्टराई, ऋषिराम भण्डारी, फेदीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष कवि हिमालयजंग बानियाँ, कवि लीलाम्बर ढुंगाना, जगन्नाथ भण्डारी, स्याङ्जा साहित्य प्रतिष्ठानका उपाध्यक्ष साहित्यकार टीकाराम वाग्ले, गजलकार नारायण न्यौपाने, गजलकार झवनाथ बस्याल, कवि गोविन्दशरण रेग्मी, कवि इन्द्रप्रसाद पाठक आदिले आफ्ना उत्कृष्ट कविता, गीत, गजल र मुक्तक रचनाहरु वाचन गरेका थिए ।
समारोहमा स्वागत मन्तव्य सङ्गमका कोषाध्यक्ष पार्वती थापा पल्लीले गरेकी थिइन् भने उपाध्यक्ष लीलाबल्लौ अर्यालले देवकोटाको व्यक्तित्वबारे संक्षेपमा चर्चा गरेका थिए
समारोहको सहजीकरण संस्थाका सचिव डिल्लीराम भण्डारीले गरेका थिए ।
Advertisement Banner
Previous Post

अनेसास कोलोराडो शाखा प्रकाशनद्वारा ‘दृष्टिबिम्बमा ब्राजाकी’ कृति प्रकाशित

Next Post

G20-20 Summit Declaration Adopted by Overwhelming Majority

Editorial Team

Editorial Team

Next Post
G20-20 Summit Declaration Adopted by Overwhelming Majority

G20-20 Summit Declaration Adopted by Overwhelming Majority

Recommended

Brain regions related to smell show decline following mild COVID-19

India’s Cumulative COVID-19 Vaccination Coverage exceeds 189.17 Cr

4 years ago
इन्जिनियरहरुले डेटा साइन्स, मसिन लर्निङ, एआईमा दख्खल राख्नुपर्नेमा जोड

इन्जिनियरहरुले डेटा साइन्स, मसिन लर्निङ, एआईमा दख्खल राख्नुपर्नेमा जोड

7 months ago

Don't Miss

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
NA session endorses special motion on Bhotekoshi disaster

NA session endorses special motion on Bhotekoshi disaster

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.