सुर्खेत, २८ साउन
वीरेन्द्रनगर नगरपालिका-९ घिमिरेडाँडाबाट करिब ३ सय ८० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका-६ बस्ने ३१ वर्षीय भिम बहादुर रोकायसमेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Comments are closed.