काठमाडौं, ४ भदौ
मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा चन्द्रागिरी नगरपालिका-१२ मुखिया गाउँ बस्ने २८ वर्षीय बिक्की रोक्कालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका-१ दहचोकबाट धादिङ गजुरी गाँउपालिका-८ घर भएका २२ वर्षीय राम बहादुर तामाङको बा. प्र -०२-०२८ प ९२२२ नम्बरको मोटरसाइकल साउन १८ गते चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका-२ स्थित सडकमा नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा बिक्कीको साथबाट उक्त मोटरसाइकल फेला पारी पक्राउ गरेको हो ।
उनी उपर चोरी सम्बन्धी कसूरमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको छ ।
Comments are closed.