Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन एटलान्टा जर्जियामा आयोजना हुँदै

Editorial Team by Editorial Team
November 30, 2025
in Literary Festival & Event, News, USA News
0
छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन एटलान्टा जर्जियामा आयोजना हुँदै
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

जर्जिया-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय महिला समितिको आयोजनामा आगामी २०२६ मार्च ६ देखि ८ सम्म एटलान्टा, जर्जियामा छैटौं अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन आयोजना हुने भएको छ।
यस वर्षको सम्मेलनको नारा “महिलाका सिर्जनशीलता, विश्व तराजुको सन्तुलन” घोषणा गरिएको छ, जसले विश्वभरका महिला साहित्यकारहरूको सृजनात्मक शक्तिलाई सम्मान गर्दै साहित्यिक योगदानको महत्त्वलाई प्रतिविम्बित गर्दछ।
यस वर्षको सम्मेलन अनेसास जर्जिया च्याप्टरको संयोजनमा सम्पन्न हुनेछ। सम्मेलनको सञ्चालनका लागि अनेसास जर्जिया च्याप्टरकी अध्यक्ष मीरा कोइरालालाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ। संयोजक कोइरालाले जर्जिया च्याप्टर कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न पूर्ण रूपमा जुटेको र आगन्तुक पाहुनाहरूलाई हार्दिक स्वागत गर्न आतुर रहेको जानकारी दिएकी छन्।

केन्द्रीय महिला समितिकी संयोजक उर्मिला निर्दोषीले सम्मेलनमा विश्वभरिका महिला साहित्यकारहरूको उत्कृष्ट र उत्साहजनक सहभागिता रहने विश्वास व्यक्त गर्दै यो सम्मेलनलाई अन्तर्राष्ट्रिय सृजनशीलता उत्सवका रूपमा स्थापित गर्न सबै पक्षको ऊर्जा र प्रतिबद्धता महत्वपूर्ण रहेको बताएकी छन्।

मार्च ६ का साँझ अनेसास जर्जिया च्याप्टरद्वारा आयोजित स्वागत नेपाली सांस्कृतिक कार्यक्रमसँगै रात्रिभोजबाट सम्मेलन प्रारम्भ हुनेछ। मार्च ७ मा सम्मेलनको औपचारिक उद्घाटनसँगै कार्यपत्र प्रस्तुति, साहित्यिक रचना वाचन तथा विभिन्न विषयगत छलफल सत्रहरू सञ्चालन गरिनेछन्।
त्यसैगरी केन्द्रीय महिला समितिकी संयोजक उर्मिला निर्दोषीले , मार्च ७ मा सम्मेलनको औपचारिक उद्घाटन समारोहमा, नेपाल तथा विश्वका सबै मुलुकमा बसोबास गर्ने नेपाली महिला स्रष्टाहरूको साहित्यिक रचनाहरू संकलित कृति “सृजनामा नारी भाग-४” पुस्तकको पनि विमोचन गरिने जानकारी गराइन्।
त्यसैगरी केन्द्रीय महिला समितिकी संयोजक उर्मिला निर्दोषीले सम्मेलनमा प्रवासमा बस्ने नेपाली महिला स्रष्टाहरूको नयाँ साहित्यिक कृतिहरूको पनि एकमुष्ट विमोचन गरिने कुराको जानकारी गराइन्।
अन्तिम दिन मार्च ८ मा समापन समारोह सम्पन्न गरिनेछ र त्यसपछि सहभागीहरूलाई एटलान्टा आसपासका प्रमुख पर्यटकीय स्थलहरूको भ्रमण गराइने कार्यक्रम रहेको छ। सम्मेलन एटलान्टास्थित नेपाली सांस्कृतिक केन्द्रको भवनमा हुनेछ। सहभागी पाहुनाहरूका लागि सहुलियत दरमा होटेल रुम बुकिङको व्यवस्था मिलाइएको छ, जसका लागि तल दिइएको लिंक प्रयोग गर्न सकिनेछ।

Advertisement Banner
Previous Post

इजरायलको आक्रमणबाट गाजामा हालसम्म ७० हजारभन्दा धेरै मानिसको मृत्युः हमास

Next Post

कवि ऋजन मायालुको ‘घुम्ती बिक्रीमा छ’ लोकार्पण

Editorial Team

Editorial Team

Next Post
कवि ऋजन मायालुको ‘घुम्ती बिक्रीमा छ’ लोकार्पण

कवि ऋजन मायालुको ‘घुम्ती बिक्रीमा छ’ लोकार्पण

Recommended

Tribhuvan International Airport generates nearly Rs 13 billion, leads aviation revenue

International flights to seven destinations cancelled from Tribhuvan International Airport

5 months ago
Nepal Govt revokes license of Chinese state-owned company to construct 1200 MW hydel project

Nepal’s Public debt climbs to Rs 27.88 trillion in five months

7 months ago

Don't Miss

Morocco’s National Day observed in Kathmandu

Morocco’s National Day observed in Kathmandu

August 3, 2026
क्यापिटल वनले ट्रम्प अर्गनाइजेशनका ३०० भन्दा बढी बैंक खाता बन्द गर्‍यो

अमेरिका–इरान वार्ता सोमबारदेखि सुरु हुने ट्रम्पको दाबी, इरानद्वारा अस्वीकार

August 3, 2026
६० हजार आप्रवासीको प्रवेशपछि स्पेनमा चर्कियो विवाद, ७२ जनाको मृत्यु

६० हजार आप्रवासीको प्रवेशपछि स्पेनमा चर्कियो विवाद, ७२ जनाको मृत्यु

August 3, 2026
सन् २०३० विश्वकपमा ६४ टोली सहभागी गराउने सम्भावनाबारे फिफाले अध्ययन गर्ने

सन् २०३० विश्वकपमा ६४ टोली सहभागी गराउने सम्भावनाबारे फिफाले अध्ययन गर्ने

August 3, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.