Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

गोरखापत्र संस्थानले ‘गोरखापत्र एकेडेमी’ स्थापना गर्यो

Editorial Team by Editorial Team
December 1, 2025
in Literature, Nepal, News
0
गोरखापत्र संस्थानले ‘गोरखापत्र एकेडेमी’ स्थापना गर्यो
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – गोरखापत्र संस्थानले ‘गोरखापत्र एकेडेमी’ सञ्चालन गर्ने भएको छ । नेपाली पत्रकारिताको ऐतिहासिक बिरासत बोकेको संस्थानले पत्रकारिता क्षेत्रको गुणस्तर तथा व्यावसायिकता अभिवृद्धि गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने उद्देश्यसहित गोरखापत्र एकेडेमी स्थापनाको निर्णय गरेको हो ।

पत्रकारिता क्षेत्रको लागि आवश्यक पर्ने जनशक्ति विकास, समसामयिक विषयमा अध्ययन अनुसन्धान, तालिम, पुस्तक, जर्नल प्रकाशन लगायतका कार्य सञ्चालनको लागि एके डेमी सञ्चालन गर्न लागिएको संस्थानले जनाएको छ । संस्थानका महाप्रवन्धक लालबहादुर ऐरीको अध्यक्षतामा बसेको संस्थान संचालक समितिको मङ्सिर १२ गतेको बैठकले गोरखापत्र एकेडेमी स्थापना गर्ने निर्णय गरेकोे संस्थानका योजना बिभागका निमित्त निर्देशक ताराबहादुर बस्यालले जानकारी दिए ।
गोरखापत्र संस्थान ऐन, २०१९ को दफा १७ (६) ले संस्थानको काम कर्तव्य र अधिकार तोकेको छ ।
महाप्रवन्धक ऐरीको अवधारना अनुसार स्थापित एकेडेमी उक्त दफाले तोेकेको सिमाभित्र रहेर सञ्चालन गरिने बस्यालले जानकारी दिए ।

बैठकले गोरखापत्र एकेडेमी सञ्चालन सम्बन्धी कार्यविधि, २०८२ समेत स्वीकृत गरेको छ ।
कार्यविधि अनुसार एकेडेमीले संस्थानका प्रकाशनको गुणस्तर सुधार तथा जनशक्तिको व्यवसायीक क्षमता विकासका कार्य गर्नेछ ।
त्यस्तै, पत्रकारिताको व्यावसायिक विकासका लागि मिडिया तथा डिजिटल साक्षरता अभिवृद्धि गर्ने, गोरखापत्र संस्थानको आम्दानी अभिवृद्धि गर्न दिगो स्रोत पहिचान गर्ने, सरकारको नीति तथा कार्यक्रम र संवैधानिक निकायका काम कर्तव्य पूरा गर्ने सिलसिलामा उक्त निकायको सहमति र आर्थिक सहभागितामा तालिम सञ्चालन गर्ने लगायतका कार्य गर्ने पनि कार्यविधिमा उल्लेख गरिएको छ ।
संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले एकेडेमिमार्फत पत्रकारिताको बिस्तारित आयामहरुमा समग्र सञ्चारकर्मीको क्षमता विकास, पाठ्यक्रममा आधारित तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने बताए ।
साथै, डिजिटल तथा आम सञ्चार साक्षरता, अध्ययन अनुसन्धान र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न एकेडेमी स्थापना गरिएको महाप्रबन्धक ऐरीले जानकारी दिए ।
एकेडेमी सञ्चालन गर्नको लागि संस्थानका अध्यक्ष तथा महाप्रबन्धक संरक्षक रहनेगरि एक कार्यदल गठन गरिनेछ । एकेडेमीलाई आवश्यकता अनुसार विषयगत विज्ञ, प्रशिक्षक र परामर्शदाताको रोस्टर तयार गरिने छ ।
त्यस्तै एकेडेमीले आफ्नो जिम्मेवारी पुरा गर्ने क्रममा सम्बन्धित सरकारी निकाय, विश्वविद्यालय, पत्रकार महासंघ, विशेषज्ञ एवम् निजी संस्थाहरुसँग कार्य समन्वय गर्ने, डिजिटल अर्काइभ, इ लाइब्रेरी, अनलाइन तालिम, डिजिटल प्रकाशन प्रणालीको सुधार तथा बिस्तार गर्ने लगायतका जिम्मेवारी पुरा गर्ने संस्थानले जनाएको छ ।

Advertisement Banner
Previous Post

Nine lakh 43 thousand tourists visited Nepal in 10 months

Next Post

जेनजी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र

Editorial Team

Editorial Team

Next Post
जेनजी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र

जेनजी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र

Recommended

भद्रकुमारी घलेद्वारा ९२ वर्षको उमेरमा लेखिएका १५१ थान पुस्तक सार्वजनिक

भद्रकुमारी घलेद्वारा ९२ वर्षको उमेरमा लेखिएका १५१ थान पुस्तक सार्वजनिक

4 years ago
सपना आचार्यको पुस्तक ‘उनले छोडेको उज्यालो’ विमोचन

सपना आचार्यको पुस्तक ‘उनले छोडेको उज्यालो’ विमोचन

4 months ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.