Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

हक हित, अधिकार सुविधाको क्षेत्रमा प्रेरणा र ऊर्जा मिलोस्’-प्रधानमन्त्री कार्की

Editorial Team by Editorial Team
December 3, 2025
in Nepal, News
0
हक हित, अधिकार सुविधाको क्षेत्रमा प्रेरणा र ऊर्जा मिलोस्’-प्रधानमन्त्री कार्की
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले अपांगता भएका व्यक्तिको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था, सम्बन्धित सबै सरोकार भएकाहरूलाई हक, हित, अधिकार, संरक्षण र सुविधाको क्षेत्रमा प्रेरणा र ऊर्जा मिलोस् भन्ने कामना गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले ३४औँ अन्तर्राष्ट्रिय दिवस अवसरमा शुभकामना सन्देशमार्फत उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिको लागि अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपांगता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउनेसमेत बताएकी छन् ।
सन्देशमा प्रधानमन्त्रीले अपांगता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, सामाजिक सुरक्षा एवं पुनः स्थापनामा सहज पहुँचका लागि सरकार क्रियाशील रहेको बताएकी छन् ।
अपांगता भएका व्यक्तिको आर्थिक-सामाजिक अवस्था एवं अपांगताको गाम्भीर्यका आधारमा अपांगता भएका व्यक्तिलाई सेवा सुविधामा प्राथमिकता दिई अपांगता भएका सबैलाई सम्मानजनक र समतामूलक जीवनयापनको वातावरण निर्माण गर्ने राज्यको नीति रहेको प्रधानमन्त्रीले सन्देशमा स्पष्ट गरेकी छन् ।
अपांगता भएका व्यक्तिले भोगिरहेका भौतिक, दृष्टिकोणजन्य, सञ्चारमा रहेका अवरोध, कानुनीलगायत अन्य सबै अवरोधहरू हटाई सबै प्रकारका अपांगता भएका व्यक्तिका लागि सहज, पहुँचयुक्त र सम्मानजनक अवस्थाको सिर्जना गर्नु आजको आवश्यकता भएको सन्देशमा उनले उल्लेख गरेकी छन् ।
अपांगता भएका व्यक्तिको स्वावलम्बी र आत्मनिर्भर जीवनका लागि अपांगता रोकथाम तथा पुन:स्थापनालगायत रोजगार तथा स्वरोजगारका कार्यक्रममा तीनवटै तहका सरकारको संयुक्त प्रयासले अपेक्षित उपलब्धि हासिल गर्न सकिने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेकी छन् ।
नेपालको संविधान, नेपाल पक्ष राष्ट्र भएका अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धि, विद्यमान कानुनहरूले अपांगता भएका व्यक्तिको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक अधिकारलाई अधिकतम रूपमा सम्बोधन गरेका उनले बताइन् ।

Advertisement Banner
Previous Post

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

Next Post

३४औँ अन्तर्राष्ट्रिय अपांगता दिवस आज

Editorial Team

Editorial Team

Next Post
३४औँ अन्तर्राष्ट्रिय अपांगता दिवस आज

३४औँ अन्तर्राष्ट्रिय अपांगता दिवस आज

Recommended

Tatopani border trade halted after fire in China’s Nyalam-Khasa area

Nepal’s trade deficit reached Rs 797.1 billion in the first six months of the current fiscal year

7 months ago
Nepal Govt revokes license of Chinese state-owned company to construct 1200 MW hydel project

PGI Chandigarh to help Nepal build health plan and to share its best practices of healthcare with the Nepal Medical Association

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.