आइसीसीले गर्यो महिला र पुरुष इभेन्टमा समान पुरस्कार दिने निर्णय

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को बार्षिक साधारण सभाले आईसीसीका महिला र पुरुष इभेन्टको लागि महत्वपूर्ण फैसला गरेको छ ।
आईसीसीले महिला क्रिकेटलाई नयाँ गति दिनका लागि अब पुरुष इभेन्टमा राखिएको पुरस्कार राशी सहर नै समान पुरस्कार महिलालाई दिने महत्वपूर्ण निर्णय गरेको छ ।

यसअघि आईसीसीका इभेन्टहरुका पुरुषको तुलनामा महिलाहरुलाई कम पुरस्कार प्रदान गरिदै आएको थियो । अव टी२० र एकदिवसिय क्रिकेटमा पुरुषले पाउने पुरस्कार राशी सरह ने महिलाले पनि पाउने छन । यो पुरस्कार राशीलाई सन २०३० सम्म समान गरिने छ ।

आइसीसीका चियरम्यान ग्रेग बार्कले आफुहरुले एक ऐतिहासिक निर्णय गरेको सुनाउँदै यस्तो निर्णय सुनाउन पाउँदा निकै खुशी लागेको बताए । बार्कले अब आईसीसी अन्तर्गत सञ्चालन हुने सवै इभेन्टहरुमा महिला र पुरुषलाई समान पुरस्कार राशीको व्यवस्था गरिने बताए ।

यसको लागि २०१७ देखि ने महिला इभेन्टहरुमा पुरस्कारको राशी बढाईको पनि उनले जानकारी गराए ।

Comments are closed.