पश्चिम नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

नवलपरासी । पश्चिम नवलपरासीमा अज्ञात समूहले एक व्यवसायीमाथि गोली प्रहार गरेको छ ।जिल्लाको बर्दघाट नगरपालिका-१६ केराबारीनजिकै नचिनेका व्यक्तिको गोली प्रहारबाट ६५ वर्षीय व्यवसायी गजेन्द्र विश्वकर्मा घाइते भएका हुन् ।जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार सुस्ता गाउँपालिका १ बरुवामा सुनचाँदी पसल गर्ने विश्वकर्मामाथि घर फर्कने क्रममा शनिबार राति गोली हानिएको थियो ।पाखुरामा गोली लागेर घाइते विश्वकर्मालाई तत्काल चिसापानी अस्पताल बर्दघाट लगिए पनि उपचार सम्भव नभएपछि बुटवलस्थित तिनाउ अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।
विश्वकर्माले प्रयोग गर्ने स्कुटरसमेत आक्रमणकारी समूहले लिएर भागेका छन् । गोली प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

Comments are closed.