काठमाडौँ-अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त भएका छन्। सोमबारै मन्त्रीमा नियुक्त यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा पद तथा गोपनीयताको शपथ दिलाएका छन्।
स्वास्थ्यमन्त्री बनेका यादव पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। राई नेतृत्वको जसपाबाट सोमबार एकजना मन्त्री र एक राज्यमन्त्री थपिएका छन्।
राज्यमन्त्रीमा हसिना खातुन नियुक्त भएकी हुन्। राई नेतृत्वको जसपातिर खुलेका वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले मन्त्रीमै निरन्तरता पाउने भएका छन्।
उपेन्द्र यादव पक्षका राज्यमन्त्री दीपक कार्कीले पनि सोमबार राजीनामा दिएपछि उनको स्थानमा जसपाले हसिना खातुनलाई पठाएको छ। खातुन एक महिनाअघि मात्रै जसपा नेपालकी समानुपातिक सांसद भएकी थिइन्।
Comments are closed.