टेक्सस (अमेरिका) । अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ ।भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डे ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेर हत्या भएको पाइएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताएका छन् । उनका अनुसार छातीमा गोली लागेको पाइएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।मृतक एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा सन् २०२१ मा अमेरिका आएको जानकारी प्राप्त भएको छ । उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् ।
अपार्टमेण्टका कर्मचारीहरुका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो । त्यसपछि अपार्टमेण्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अपार्टमेण्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको थियो ।मुनाका साथीहरुका अनुसार उनको फोन दुई दिनदेखि स्वीच्डअफ थियो । तर उनको फोन भने फेला परेको छैन ।
नेपालमा रहेका उनका परिवारका सदस्यलाई घटनाका बारेमा खबर गरिसकिएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष गौतमले बताएका छन् ।हालैमात्र दीपक वलीको पनि गोलीबाट मृत्यु भएको थियो ।
Trending Now
- रामनवमीमा सरकारले सार्वजनिक बिदा दिने
- Israeli airstrikes kill 400 Palestinians
- A grand welcome for Sunita and Butch, who returned to Earth after 286 days in space
- परशु-कल्पना स्रष्टा सम्मानबाट रसिक र सापकोटा सम्मानित
- विश्व-ज्योति काव्यसम्मान र पाण्डुलिपि पुरस्कार घोषणा
- स्ववियु निर्वाचन : नेविसंघको हालसम्म ९९ कलेजमा जीत
- चितवनमा ६ देशका पाँच नाटक प्रस्तुत हुँदै
- The plane from China landed in Pokhara, returning today with 126 passengers
- Foreign Minister and Ukrainian Foreign Minister Meet in Delhi: Request to Release 7 Nepalis Captured by Ukrainian Army
- Bilateral talks between Foreign Minister Rana and Indian Foreign Minister in New Delhi
Comments are closed.