एकल नाटक ‘अनुत्तर’ राष्ट्रिय नाचघरमा मञ्चन हुँदै

काठमाडौँ : पछिल्लो समय आवाजविहीनहरूको स्वर सत्ताधारीलाई कर्कश लाग्न थालेको सर्वसाधारणले अनुभव गर्न थालेका छन्। युवाहरु स्वदेशमा सपना देख्न मनाही गरिएको अनुभूति गर्दै छन्। अतः यहाँ स्वप्नद्रष्टाहरूले पटमूर्खको पगडी गुत्‌नु पर्छ कि त उनीहरूले मरूभूमिको यात्रा तय गर्नुपर्ने हुन्छ।

साउन १ गते यस्तै कथामा आधारित नाटक ‘अनुत्तर’ जमलस्थित राष्ट्रिय नाचघरमा प्रदर्शन भैरहेछ। नाटकले देश र सर्वसाधारण नेपालीको जीवन र भविष्यसँगको मझधारमा अल्मलिएर हराएका नागरिकता बोकेका अनागरिकहरुको सग्लो तस्वीर देखाउँछ।
सद्‌भाव थिएटर नेपालको प्रस्तुति यो नाटक साउन १ गतेदेखि ७ गतेसम्म मञ्चन गर्ने भएको हो। सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा साँझ साढे ५ बजे र अतिरिक्त शो दिउँसो १:३० बजे हुनेछ।
नाटकको लेखन तथा निर्देशन राम केएसीले गरेका छन् भने सह–निर्देशन सुशीलालक्ष्मी महर्जनको रहेको छ। नाटकमा किरण चापागाईंको एकल अभिनय रहेको छ।

 

Comments are closed.