काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपमा नेपालले साउदी अरेबियालाई हराएको छ ।
बिहीबार भएको खेलमा नेपाल साउदी अरेबियालाई विशाल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणमा तीनवटै खेलमा जीत हात पार्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो ।
खेलमा नेपाले ३ सय १ रनको जित निकालेको छ । ३ सय ४८ रनको विशाल लक्ष पाएको साउदी अरेबिया ४६ रनमा नै अलआउट भयो । नेपालले टस हारेर ब्याटिङ गर्दै आठ विकेटको क्षतिमा ३ सय ४७ रन जोडेको थियो ।
खेलमा नेपालका अर्जुन कुमालले सर्वाधिक १ सय ४२ रनको योगदान दिनुभएको थियो । ओपनर दीपक बोहरा २९ रन बनाउनुभएको थियो ।
नेपाली खेलाडी दीपकप्रकाश डुम्रेल १४ रनमा आउट हुनुभएको थियो । त्यस्तै मिलन बोहरा नौ रन र दीपेश कँडेलले १४ रन बनाएर आउट हुनुभयो ।
विशालविक्रम केसी २४ रनमा अविजित हुनुभयो । खेलमा कप्तान देव खनाल शून्य रनमा आउट हुनुभएको थियो । ५० ओभरको खेललाई एक बल घटाएर खेलाइएको थियो ।
खेलमा नेपालका दीपेश कँडेलले पाँच विकेट लिनुभएको छ ।
Comments are closed.