काठमाडौं, १९ भदौ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सप्तरी कृष्णासरवन गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने ३८ वर्षीया रंजिता कुमारी देवलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले ६ दिन कैद र १७ लाख ७७ हजार १ सय ८० रूपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले कीर्तिपुर मैत्रीनगरबाट पक्राउ गरेको हो ।
रंजिता कुमारीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी एभरेष्ट वैंक लिमिटेड कालिमाटी शाखा कार्यालय काठमाडौंमा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनि पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाईएको छ ।
Trending Now
- पाथीभरामा एक महिनामा ६९ लाखभन्दा बढी भेटी संकलन
- राति १२ बजेदेखि मधेसका चार जिल्लाको सीमानाका बन्द
- पुजार सार्की’मा आर्यन :लुक्समा आफ्नै पिताको नक्कल
- Nepal’s second consecutive victory
- टौँडा कला महोत्सव’ सुरु भएसँगै कलामय बन्यो हेटौँडा
- जेठ १६ देखि शिल्पीमा ‘अग्निचक्षु’ मञ्चन हुने
- सन्दीपले विश्वकप खेल्न पाउने, आईसीसीको अनुमति
- ‘प्रचण्ड’ले संसद्को गतिरोधबारे नेपाली कांग्रेसका नेताहरूसँग छलफल गर्ने
- औराबनीस्थित विपन्न २० घरपरिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण
- From Bhumi Pednekar, Parineeti Chopra To Sanya Malhotra- The Hostess Actresses Of Bollywood Drools Over The Shocking Look Of Kartik Aaryan In Chandu Champion
Comments are closed.