बलिउड अभिनेता शैफ़ अलि खानमाथि चक्कु आक्रमण गर्ने आरोपीलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले रातको करिब साढे दुई बजे जानकारी दिँदै आरोपीलाई ठाणेस्थित हीरानन्दी क्षेत्रबाट पक्राउ गरिएको बताएको छ। पक्राउ परेका आरोपीको नाम विजय दास रहेको छ। प्रहरीका अनुसार आरोपी यसअघि मजदूरहरूसँगै बसेर ठाणेमा काम गर्थे।
सैफ अलि खानमाथि १६ जनवरीको राति घरभित्र आक्रमण भएको थियो। प्रहरीका अनुसार सैफलाई मुम्बईको बान्द्रास्थित ‘सतगुरु शरण’ भवनको १२औं तलामा रहेको उनको निवासमा चोरीको प्रयासका क्रममा आक्रमणकारीले बारम्बार चक्कु प्रहार गरेको थिए। हाल उनको मुम्बईको लीलावती अस्पतालमा उपचार भइरहेको छ।
छिट्टै अस्पतालबाट डिस्चार्ज हुने
सैफ अलि खानको सर्जरी गर्ने चिकित्सकहरूले उनको मेरुदण्डबाट करिब तीन इन्चको भाँचिएको चक्कुको टुक्रा निकालेका छन्। चिकित्सकहरूले सैफको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको र उनलाई छिट्टै अस्पतालबाट डिस्चार्ज गरिने जानकारी दिएका छन्।
शनिबार प्रहरीको अनुसन्धानका क्रममा सैफको घरबाट भाँचिएको चक्कुको एउटा टुक्रा फेला परेको छ। मुम्बई प्रहरीले घटनाको सिलसिलामा सैफ अलि खानकी पत्नी अभिनेत्री करिना कपुर खानको बयान पनि लिएको छ।करिना कपुरले प्रहरीलाई दिएको बयान अनुसार आक्रमणकारी घरभित्र छिरेपछि झगडाका क्रममा आक्रामक बनेका थिए, तर उनले त्यहाँ राखिएका गरगहनाहरूमा भने हात लगाएनन्।
Trending Now
- काठमाडौंमा शंखपार्क सर्वाधिक प्रदूषित, इलाम पनि अस्वस्थकर
- Chinese EV maker BYD overtakes US Tesla
- The journalist who leaked the group chat of the plan to attack the Houthis was declared as “Anti-Trump”
- द्वन्द्वपीडितहरूलाई न्याय दिन वर्तमान सरकार प्रस्ट छ : सभापति देउवा
- बबिनाको ‘मदहोस’ सार्वजनिक
- हेलो सरकारलाई साइबर हमला: वेबसाइट ‘मेन्टिनेन्स’मा राखियो
- नेपाल–बङ्गलादेश व्यापार : आयात तीन अर्ब, निर्यात २७ करोड
- South Korea’s deadliest wildfire: Death toll rises to 26
- शिक्षक सेवा आयोगले माग्यो ६८६ शिक्षक
- पत्रकारलाई सामुहिक बदनाम गर्नेलाई महासङ्हले कानुनी कारबाहीमा गर्ने
Comments are closed.