काठमाडौँ । बागमती सुधार आयोजनाअन्तर्गत धाप ड्यामबाट उपत्यकामा पानी वितरण सुरु गरिएको छ ।
सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजना बन्द भएपछि मंगलबारदेखि धाप ड्यामबाट उपत्यकामा पानी वितरण सुरु गरिएको हो । मेलम्ची खानेपानी आयोजनालाई मनसुनजन्य विपत्तिबाट जोगाउन साेमबारदेखि आयोजना बन्द गरिएको थियो ।
बागमती सभ्यता–एकीकृत विकास समितिसँग धाप ड्यामको पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्ने सहमति भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए ।
राईका अनुसार उपत्यकामा मेलम्चीको खानेपानी बन्द भएपछि खानेपानी अभाव बढ्ने भएकाले आपूर्ति व्यवस्थापनलाई केही सहज गर्न धाप ड्यामबाट दैनिक तीनदेखि चार करोड लिटर पानी ल्याउने सहमति भएको हो ।
Trending Now
- ६० किलो सुन प्रकरण: त्रिभुवन विमानस्थलबाट ३१ सय ९४ किलो सुन तस्कर समूहले तस्करी गरेको खुलासा
- सर्वनाममा नाटक ‘पूर्णविराम’ मञ्चन हुँदै
- Devi’ won the best award in New Zealand
- नेकपा एकीकृत समाजवादीद्वारा नेपालको कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान
- Prime Minister Prachanda’s objection to the integrated socialists calling them ‘factors of instability’
- टिआरसीमा नमिलेका विषयमा सहमति खोज्न सहजीकरण कार्यदल गठन
- Russia claims two more villages in eastern Ukraine
- राष्ट्र ऋण उठाउने विधेयक २०८१ संसदबाट पारित
- North Korea opposes joint US, Japanese and South Korean military exercises; Warning of fatal consequences
- भण्डारीको ‘आफैँलाई नियाल्दा’ पुस्तक लोकार्पण
Comments are closed.