ताइवानी उपराष्ट्रपतिको अमेरिका भ्रमणपछि चीन थप आक्रमक

चीनले ताइवानमा कडा  सैन्य अभ्यास थालेको छ। ताइवानका उपराष्ट्रपति विलियम लाईले अमेरिकाको भ्रमण गरेलगत्तै असन्तुष्ट चीनले चेतावनीस्वरूप सैन्य अभ्यास थालेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

चीनले टापुमा पृथकतावादी शक्तिहरूलाई ‘कडा चेतावनी’ पठाउन ताइवान वरपर हवाई र समुद्री सैन्य अभ्यास सुरु गरेको हो।

ताइवानले आज प्रतिक्रिया दिँदै सैन्य अभ्यासले बेइजि’को ‘सैन्यवादी मानसिकता’ लाई प्रकाश पारेको बताएको छ। चीनले निरन्तर सीमामा सैन्य अभ्यास जारी राखेपछि ताईवानले लडाकु विमान, नौसेना जहाज तथा मिसाइल प्रणालीको कडा निगरानी गरिरहेको बताएको छ।

पूर्वी कमाण्डका एक प्रवक्ताले सिन्ह्वा समाचारलाई प्रतिक्रिया दिँदै विदेशी तत्वहरूसँग मिलेर ताइवानले चीनलाई भड्काउन खोजेको आरोप लगाएका छन्। चीनको यस सैन्य अभ्यासले अमेरिकी उत्तेजनाको लागि कडा चेतावनीको भएको चीनले बताएको छ।

Comments are closed.