सरकार र दुग्ध सहकारी संघबीच ५ बुँदे सहमति

काठमाडौं । सरकार र केन्द्रीय दुग्ध सहकारी संघबीच ५ बुँदे सहमति भएको छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालको उपस्थितिमा शनिबार साँझ सिंहदरबारमा भएकाे वार्तापछि ५ बुँदे सहमति भएकाे हाे ।सरकारसँग सहमति भएसँगै संघले आन्दाेलनका सबै कार्यक्रम स्थगित गरेकाे छ ।

दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१ गतेसम्म गरिसक्ने लगायत सहमति भएकाे सहमतिपत्रमा उल्लेख छ ।

प्रत्येक उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने गरी निरन्तर दूध खरिद गर्ने सहमति भएकाे छ ।

Comments are closed.