काठमाडौं । गीतकार संघ नेपालले आफ्नो स्थापना दिवस जेठ १४ गतेको अवसर पारेर प्रतिष्ठित गीतकार डा.भोला रिजाललाई ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०८०’ अर्पण गर्न लागेको छ । संघले प्रेस विज्ञप्ति जारी गर्दै एक लाख ५१ हजार राशीसहितको यो सम्मान अर्पण गर्ने बताएको छ ।
त्यसैगरी अमेरिकामा कार्यरत पद्मा लिंखा मगरलाई डायस्पोरा गीतकार सम्मान प्रदान गरिने भएको छ । गीतकार मगरलाई १५ हजार राशिसहितको सम्मान प्रदान गरिनेछ । त्यस्तै विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मानबाट जनकपुर निवासी अशोक दत्तलाई प्रदान गरिने भएको छ । गीतकार दत्तलाई २५२५२ नगद राशिसहित सम्मान प्रदान गरिने गीतकार संघ नेपालले जनाएको छ ।
त्यस्तै २०८० मा प्रकाशित भएको दश गीतहरुबाट एक गीतलाई वर्ष गीत पुरस्कार प्रदान गरिनेछ । ५७ हजार नगद राशि रहेको ‘भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कारका लागि दश गीतकारहरुको नामावली छनोट गरिएको छ । उक्त दशमध्येबाट एक जनाले उक्त पुरस्कार प्राप्त गर्नेछन् । जसमध्ये मदन माबोको आमा, विष्णु भण्डारीको चाहना हो, डा.ओमकृष्ण प्रसाईंको पिता, ध्रुव खनालको रानी तालको, ज्ञान प्रसाद भट्टराईको माटोको माया, सियरा आचार्यको तिमीलाई, किसन सुवेदीको मुटु रेटियो, सबिता पोखरेलको एक चिम्टी सिन्दूर, डा.विष्णुमूर्ति भट्टराईको मुटुमै घाउ र शान्तिराम भट्टराईको नजरको वाण गीत रहेका छन् ।
त्यसैगरी तीन वटा गीतका पुस्तक पुरस्कारका लागि छनौट भएका छन् । जसमा पूर्णबहादुर साउद ‘शिरीष’को आधा आधी, जनक वाग्लेको ‘मैना चरी कहाँ गई’ र अगम विकरालको ‘यादको मुच्र्छना’ चयन भएका छन् । यी मध्येबाट एक जनाले ‘जगत मर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार’ नगद ५७ हजार राशिसहित प्रदान गरिने भएको छ ।
आगामी जेठ १४ गते गीतकार संघ नेपालको स्थापना दिवसको अवसर पारेर उक्त सम्मान तथा पुरस्कार प्रदान गरिने भएको छ । कार्यक्रम राष्ट्रिय नाचघर जमलमा आयोजना गरिने संघले जनाएको छ ।
Trending Now
- २०८१ साल : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
- जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
- थपियो वीरगन्जगमा १२ घण्टा कर्फ्यु
- 100 killed in Darfur, Sudan by paramilitary group
- विभिन्न २८ जना स्रष्टाहरूलाई २०८० सालको नइ पुरस्कार अर्पण
- कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन
- लीलाध्वज स्रष्टा सम्मान’द्वारा विनोदी सम्मानित
- साहित्यकार गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ सार्वजनिक
- शिवपुरी साहित्य समाजद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत
- वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
Comments are closed.