काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो भागमा परेका दुई राजदूत छान्न खुला आह्वानमार्फत् सात जनाको नाम प्रारम्भिक सूची तय गरेको छ ।रास्वपाले राजदूतहरूको सिफारिसका लागि सम्भावित नाम सुझाउन अनलाइन फारम र इमेलमार्फत् आह्वान गरेकामा २४० जनाको आवेदन परेको थियो । पार्टीको अन्तर्राष्ट्रिय विभागले तीमध्येबाट सात जनाको सूची तयार पारेर सभापति रवि लामिछानेलाई बुझाएको हो । सूचीमा परेका सात जनाको नाम भने सार्वजनिक गरिएको छैन । सभापति लामिछानेले सूचीमा रहेका व्यक्तित्वहरूसँग आवश्यक छलफल गरी दुई जनाको नाम तय गर्न पार्टी उपसभापति स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाललाई जिम्मा दिनु भएको खनालले जानकारी दिनुभयो । सत्ता गठबन्धनमा भएको सहमति अनुसार एमालेबाट पाँच, अशोक राई नेतृत्वको जसपाबाट दुई र माओवादी केन्द्रबाट एक जना राजदूत सिफारिस भइसकेका छन् ।
Trending Now
- चौबिसे राज्यका पालाको लमजुङ दरबार पुनर्निर्माण हुँदै
- एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा रिसोर्ट सञ्चालन
- बैंकिङ प्रणालीमा तीन सातामा थपियो डेढ खर्ब तरलता, कर्जा प्रवाह १८ अर्ब मात्रै
- Exit Polls Predict Hung Parliament In French Elections; Left Bloc Takes Top Spot, Ahead Of Far-Right
- MIT-Takeda Program wraps up with 16 publications, a patent, and nearly two dozen projects completed
- Scientists use computational modeling to guide a difficult chemical synthesis
- MIT researchers identify routes to stronger titanium alloys
- MIT engineers find a way to protect microbes from extreme conditions
- More carbon in soil can control weeds, in some cases
- Nepal PM ‘Prachanda’ should resign immediately demands CPN-UML
Comments are closed.