Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

अनेसासले काव्यवाचन गरेर मनायो २०९ औँ भानु जयन्ती

Editorial Team by Editorial Team
July 14, 2022
in Feature, Literary Festival & Event
0
अनेसासले काव्यवाचन गरेर मनायो २०९ औँ भानु जयन्ती
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्तीको अवसरमा उनको योगदानको परिचर्चा तथा काव्यवाचन कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्यापटरले काठमाडौंमा बुधबार उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुखअतिथि साहित्यकार डा. रामप्रसाद दाहालले नेपाली साहित्यमा भानुभक्तको योगदान अतुलनीय रहेको भन्दै उनी प्रति श्रद्धासुमन व्यक्त गरे । भानुले सरलरुपमा लेखेका कविता र रचनाहरुकै कारण भाषिक एकीकरण सम्भव भएको उनले दाबी गरे ।

‘हामीले नपत्याइएका, पत्याइएका शब्दहरु जोडेर पनि कविता बनायौँ । जसरी पनि कविता हुन्छ भन्ने भावमा कविता बनायौँ । धेरै साहित्य लेख्यौँ ।’ उनले भने, ‘तर भानुभक्तले जतिखेर कलम चलाउनु भयो । कविता लेख्नु भयो । त्यतिबेला लेखेका शब्द क,ख राम्रोसँग नजानेका मानिस पनि प्रभावित भए ।’ यस्तै, कार्यक्रमका विशेष अतिथि एवं भानु प्रतिष्ठानका महासचिव डि.पी अर्यालले भानुभक्तकै कारण नेपाली जातीको एकता सम्भव भएको बताए । भानुले दिएको योगदानले नेपाली–नेपालीका बीचमा भावना साटासाट गर्न, चरित्र विकास र सद्भाव राख्न र अनन्तकालका नपढेका मानिसहरुका लागि पनि लयको माध्यमबाट कविता पढ्न सजिलो भएको बताए ।

भानुभक्तले छन्दमा लेखेका कारण लय समाउन सजिलो हुने हुँदा उनको कविता हरेक मानिसलाई कण्ठ भएको अर्यालले स्मरण गरे । भाषाले मानिसहरुलाई नजिक बनाउने उनको भनाइ छ । तर पछिल्लो समय भाषा माथि नै आक्रमण हुनथालेको भन्दै उनले यस तर्फ सबैको ध्यानाकर्षण गराए ।
कार्यक्रमकी सभापति एंव अनेसास नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडीले नेपाली भाषा, संस्कृति र साहित्यमा भानुले गरेको योगदानको चर्चा गर्दै भानुजयन्तीलाई अनेसासले एउटा पर्वका रुपमा मनाउँदै आएको बताइन् । उनले नेपाली पुगेका हरेक ठाउँ र देशमा नेपाली भाषा, संस्कृति पुगेको भन्दै खुसी व्यक्त गरिन् । कार्यक्रममा अनेसास नेपाल च्याप्टरका महासचिव ऋषवदेव घिमिरेले स्वगतमन्तव्य राख्दै भानुभक्त आचार्य लोकको कवि भएको बताए । उनले भानुभक्त लोकका कवि भएको बताए कारण भानुभक्त चर्चा परिचर्चा गर्नुपर्ने बताए । भानुभक्तले लोकहितकै लागि रामायाण लेखेको र लोकका हितका लागि भाषिक, साहित्यक, सांस्कृतिकरुपले लोकशब्द प्रयोग गरेर भानुले आफ्ना सिर्जना गरेको घिमिरेले बताए ।

कार्यक्रममा रोशन थापा ‘निरव’, लोकमान मास्के, किशोर श्रेष्ठ, मनोज न्यौपाने, सुमन वर्षा, डा. शान्तिमाया गिरी, गीता मैनाली, द्धवारीका कुइकेल, सृजना शर्मा, मुना बोहोरा, निसा के.सी लगायतले कविता वाचन गरेका थिए । कार्यक्रम सञ्चालन कवि रन्जना निरौँलाले गरेकी थिइन् ।

Advertisement Banner
Previous Post

Former Nepal PM Prachanda visiting India tomorrow on BJP chief’s invite, will meet Indian Foreign Minister Jaishankar too

Next Post

२०९ ओैँ भानु जयन्तीका अवसरमा प्रभातफेरी तथा प्रतिमामा माल्यार्पण कार्यक्रम सम्पन्न

Editorial Team

Editorial Team

Next Post
२०९ ओैँ भानु जयन्तीका अवसरमा प्रभातफेरी तथा प्रतिमामा माल्यार्पण कार्यक्रम सम्पन्न

२०९ ओैँ भानु जयन्तीका अवसरमा प्रभातफेरी तथा प्रतिमामा माल्यार्पण कार्यक्रम सम्पन्न

Recommended

Spanish startup PayFlow emerges as global winner of South Summit 2022

Spanish startup PayFlow emerges as global winner of South Summit 2022

4 years ago
HKUMed reveals tai chi’s long-term therapeutic benefits in treating chronic insomnia, a promising alternative to talking therapy

HKUMed reveals tai chi’s long-term therapeutic benefits in treating chronic insomnia, a promising alternative to talking therapy

4 months ago

Don't Miss

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

April 13, 2026
नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

April 13, 2026
प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

April 13, 2026
भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

April 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.