असोज २९ र ३० काठमाडौँमा कलिङ्ग साहित्यिक महोत्सव

नेपाल र भारतका साहित्यकारहरुको समागम ‘कलिङ्ग साहित्यिक महोत्सव काठमाडौँ’ काठमाडौँमा आयोजना हुने भएको छ । कलिङ्ग साहित्यिक महोत्सव काठमाडौँले’ होटेल हिमालयमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।


सम्मेलनमा कार्यक्रमका संस्थापक तथा कल्पनाकार रश्मी रञ्जन परिडा, निर्देशक रञ्जना निरौला, निर्देशक देवाशीष समन्त्रये, वरिष्ठ कवि तुलसी दिवस, वरिष्ठ कवि दिनेश अधिकारी र वरिष्ठ आख्यानकार माया ठकुरीले महोत्सवको बारेमा बताउनु भउको थियो ।
असोज २९ र ३० गते काठमाडौँमा ‘भारत र नेपाल सभ्यताको यात्रा र आत्माको खोजी’ मुल उद्घोषकासाथ आयोजना हुने साहित्यिक महोत्सवमा दुई देशका दुई सयभन्दा बढी साहित्यकारको सहभागि हुने आयोजकले जनाएको हो ।


नेपाल र भारतका साहित्यकारले महोत्सवमा विभिन्न प्रस्तुति राख्ने आयोजकले जनाएको छ । साहित्यिक महोत्सवले नेपाल र भारतका साहित्यकारबीचको सम्बन्ध स्थापित गर्न नयाँ आयाम थपिने आयोजकको तर्फबाट रञ्जना निरौलाले जानकारी दिइन् ।
महोत्सवले नेपाल र भारतको साहित्यिक ऐतिहासिक सम्बन्ध र दुई देशवीचको सभ्यताको सम्बन्धलाई सुमधुर बनाउने तथा कला, संस्कृति र साहित्यको प्रवर्धन र विश्वव्यापीकरणमा सहयोग पुग्ने आयोजकको विश्वास छ ।


कार्यक्रममा ७० प्रतिशत वक्ता नेपाल र बाँकी भारतबाट हुनेछन् । नेपाली कला, साहित्य र संस्कृतिमा केन्द्रित रहेको यस महोत्सवमा भारतबाट आएका व्योमेश शुक्लाको ‘राम की शक्तिपूजा’ थिएटर (काशी)मा प्रस्तुति रहने छ भने चर्चित बलिउड गायक, अभिनेता पियुष मिश्र, बलिउडका चर्चित संगीतकार राज शेखर र चर्चित कलाकारले प्रस्तुति पनि दिनेछन् ।
महोत्सवमा मालिनी अवस्थीको प्रस्तुतिका साथै भारतको साहित्य क्षेत्रमा विशेष योगदान पु¥याउने अशोक वाजपेयी, सुधीर चन्द्र, मृदुला गर्ग, अरुण कमल, रञ्जित रे, आनन्द निलकण्ठ लगायतको सहभागिता रहनेछ ।


कार्यक्रममा ‘कलिंग काठमाडौँ यशस्वी साहित्य सम्मान’को घोषणा गरिएको छ । यस वर्षको ‘ कलिंग काठमाडौँ यशस्वी साहित्य सम्मान’ नेपालका सताव्दी पुरुष सत्यमोहन जोसी र भारतका वरिष्ठ साहित्य साधक अशोक बाजपेयीलाई प्रदान गर्ने घोषणा गरिएको छ । यसको रासी पचास पचास हजार र सरस्वतीको प्रतिमा रहने छ ।


साहित्यिक महोत्सवमा आशेष मल्ल, मञ्जु कञ्चुली, तिवारी, तीर्थ श्रेष्ठ, रमेश क्षितिज, कनकमणी दीक्षित, अर्चना थापा, गणेश पौडेल, भागीरथी श्रेष्ठ लगायतको सहभागिता रहनेछ ।
साहित्यिक महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, हिमालयन डायरी प्रालि, राष्ट्रिय साहित्य प्रतिष्ठान र नेपाल कलिङ लिटरेचर फेस्टिभलको सहकार्यमा आयोजना हुन लागेको हो ।

Comments are closed.