हेटौंडाको सञ्चो अस्पतालका चिकित्सक डा। विकास थापा र डां प्रशान्त बिडारीमाथि कुटपिटमा संलग्नलाई ७२ घण्टाभित्र कानुनी कारबाही गर्न संघले माग गरेको थियो ।
तर सरकारले दोषीलाई कानुनी कारबाहीको दायरामा नल्याएको भन्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको संघका अध्यक्ष डा. अनिलबिक्रम कार्की र महासचिव डा. सञ्जीव तिवारीले विज्ञप्तिमार्फत बताएका छन्।
आन्दोलनको कार्यक्रम अन्तर्गत आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द हुने संघले जनाएको छ ।
संघले चिकित्सकमाथि कुटपिट गर्नेमाथि फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानूनी कारवाहीको सुनिश्चितता हुनुपर्ने माग गरेको छ।
त्यस्तै देशभरका स्वास्थ्य संस्थाहरुमा अनिवार्य रुपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन पनि संघले माग गरेको छ।
Trending Now
- Thousands of Imran Khan supporters in Islamabad, government calls in army
- 16 missing after tourist boat capsizes in Red Sea
- 85,000 women and girls murdered in 2023: UN
- Australia bans social networking for children under 16
- 34 killed, 80 injured in Israeli airstrikes in Lebanon
- रास्वपाका सभापति रविलामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
- विभिन्न कार्यक्रम गरी आज सातौं सामाजिक सुरक्षा दिवस मनाइँदै
- लक्ष्मी उप्रेती व्यक्तित्त्व वर्ष सम्मान, पुरस्कारघोषणा
- अनेसास डीसी मेट्रो च्याप्टरको पदस्थापन तथा नन्दादेवी स्मृतिग्रन्थ’ सार्वजनिक
- Foreign Minister Dr. Arju Rana’s visit to China approved
Comments are closed.