काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड, हाँडीगाउँ सहित प्राचीन तथा पुरातात्विक क्षेत्रलाई ‘नो भेइकल जोन’ बनाउने घोषणा गरेको छ ।मेयर बालेन साहले शुक्रबार आगामी आर्थिक वर्ष २०८१/ ८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।उनले विश्व सम्पदा सूचीमा रहेका बौद्धनाथ र स्वयम्भूनाथलाई काठमाडौं महानगरपालिका अन्तर्गत ल्याएर सञ्चालन र व्यवस्थापन गर्न पहल गरिने समेत बताए ।सूचीकृत सम्पदा क्षेत्रहरूमा समेत सवारीसाधन निषेध गरिने उनले बताए ।बृहत हाँडीगाउ गुरुयोजना तयार गरी लिच्छवीकालीन हाँडीगाउँको पुनर्विकास गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने उनले बताए । यी भेगमा होमस्टेलाई महानगरपालिकाले प्रोत्साहन गर्ने भएको छ ।
Trending Now
- अनेसास केन्द्रले मनायो ३४ औँ अनेसास स्थापना दिवस
- Attorney General presents annual report to President
- US President Biden awards Pope Francis Presidential medal of freedom with distinction
- Thefts increase in California after fire: Curfew declared, $135 billion in damage
- चितवनमा सुमन वर्षाकाे कथासङ्ग्रह ‘अभ्यन्तर´माथि अन्तर्संवाद सम्पन्न
- NYEF Startup Awards Completed, DL Upload Wins Rs 4 Lakh
- Lumbini ranks ninth among 52 destinations in the world
- Arab nations are in turmoil after Israel released a controversial map of ‘Greater Israel’.
- सोलु को ‘तुइन जिन्दगी’ माथि पाेखरामा परिचर्चा सम्पन्न
- अनेसास नेपाल च्याप्टरले विभिन्न कार्यक्रम गरि अनेसासको ३४ औ स्थापना दिवस मनायो
Comments are closed.