नेपाली कांग्रेसद्वारा सामाजिक, सांस्कृतिक, धार्मिक, राजनैतिक सद्भावका लागि अपिल

काठमाडौं । नेपाली कांग्रेसले सामाजिक, सांस्कृतिक, धार्मिक, राजनैतिक एवं समग्र सद्भावका लागि अपिल गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार विज्ञप्ति जारी गरी केही दिन यता बाँकेमा भएको द्वन्द्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्‍याउन सक्ने विषय प्रति गम्भीर चिन्ता प्रकट गर्नुभयो । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर मुलुक भएको बताउँदै विज्ञप्तिमा परापूर्व कालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावका साथ एकताबद्ध भई मिलेर बसेको स्मरण गराइएको छ ।

राष्ट्र निर्माण र विकासका लागि  सबै नेपालीले हातेमालो गर्दै आएको कांग्रेसले स्मरण गराएको छ । धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने किसिमका गतिविधि नगर्न÷नगराउन विज्ञप्ति मार्फत आह्वान गरिएको छ । ‘यसको संवेदनशीलतालाई मध्यनजर गर्दै राजनैतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ–संस्था एवं समाजका अग्रज व्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबिचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ’, विज्ञप्तिमा लेखिएको छ ।

 

 

 

Comments are closed.