काठमाडौं : गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेशी बिहीबारलाई तोकिएको छ।
मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतको विषयमा नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गत मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। गण्डकीका मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ।
गएको आइतबार प्रदेश सभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनी घोषणा गरेका थिए।
संविधानको धारा १८८ (३) अनुसार सरकार रहन लागि ३१ सांसदको विश्वासको मत आवश्यक पर्छ। तर, सभामुख धितालले आफ्नो मत सुरक्षित रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए।
Trending Now
- एनपीएलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले जिते कार
- एनपीएलमा कसले के अवार्ड पाए ?
- तरुण दलका केन्द्रीय सदस्य र काभ्रेका अध्यक्षसहित ८ जना पक्राउ
- त्रिविका समस्या समाधानको प्रस्ताव ल्याउन पदाधिकारीलाई प्रधानमन्त्री ओलीको निर्देशन
- नेता कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्ती आज मनाइँदै
- इपिएस भाषा परीक्षामा तीन हजारभन्दा बढी युवा उत्तीर्ण
- रास्वपाले भन्यो – रविलाई निलम्बन गर्न मिल्दैन, राजनीतिक पूर्वाग्रह देखियो
- ‘Clean sweep’ by Pakistan in series against South Africa
- Himalaya Airlines will operate Pokhara-Lhasa two flights a week
- नेपालको अन्तर्राष्ट्रिय व्यापारमा सामान्य सुधारको संकेत
Comments are closed.