काठमाडौं । विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटि शो ‘र’ को प्रतिस्पर्धाका लागि आवेदन खुला गरिएको छ ।
शनिबार राष्ट्रिय धान दिवसको अवसर पारेर एक समारोहकाबीच धान रोपाइँ उत्सव मनाउँदै कृषि, उद्यमशीलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको प्रतियोगिताको आवेदन खुला गरिएको हो ।
तीनै तहका सरकारहरुसँग साझेदारी गर्दै हालसम्म, विभिन्न स्थानीय सरकारहरू, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्यन संस्थानलगायतसँग साझेदारी भएको छ।
हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको होष्ट महानायक राजेश हमाल रहेका छन् । व्यावसायिक किसान र बीएससी कृषि वा सो सरह अध्ययन गरेका व्यक्तिहरूले आवेदन दिन सक्छन् भने कार्यक्रममा १६ वटा विषयगत एपिसोडहरू हुनेछन् । जसमा सहभागीहरूको प्रस्तुतिलाई निर्णायकहरूको प्यानलले मूल्याङ्कन गर्नेछ । निर्णायकहरूको प्यानलमा कृषि मन्त्रालयका पूर्वसचिव डा.योगेन्द्रकुमार कार्की, कृषि अर्थशास्त्री डा.नम्रता पाण्डे र अन्य विषय विज्ञहरू छन्।
‘र’ एक बेजोड़ रियालिटी गेम शो हो, जुन कृषि उद्यमशिलतालाई प्रवर्दन गर्दै समुन्नत समाज निर्माणको दृष्टिकोणका साथ ल्याइएको छ । यस कार्यक्रम कृषि उधमशिलता र जलवायु परिवर्तनलाई मुख्य विषयवस्तु बनाएर कृषिलाई सम्मानित पेशाको रुपमा स्थापित गरि किसानलाई सम्मानजनक पहिचान दिने उदेश्य अनुरुप प्रस्तुत गरिएको छ ।
कृषक र कृषि प्रविधिक यस शो मा प्रतियोगी रहने छन् जसमा दिगो र नविन कृषि अभ्यासहरू प्रवर्द्धन गर्दै, उनीहरूको कृषि सम्बन्धी ज्ञान, रचनात्मकता र कौशलताको परीक्षण गरिनेछ ।
कार्यक्रमको उद्देश्य कृषिको महत्वलाई उजागर गर्दै, युवा पुस्तालाई खेतीमा चासो लिन प्रेरित गर्ने र किसानहरूको कडा परिश्रम र समर्पणलाई उच्च कोटीको रुपमा प्रस्तुत गर्ने लक्ष्य लिइएको छ ।
राष्ट्रिय धान दिवसको अवसरमा ललितपुर महानगरपालिका–२१, खोकनाको सहकार्यमा, प्रमुख अतिथि, पूर्वकृषिमन्त्री छविलाल विश्वकर्मा, महानायक राजेश हमाल, पूर्वसचिव डा.योगेन्द्रकुमार कार्कीलगायत विशिष्ट व्यक्तित्वहरूको साथमा आवेदन फर्म खुल्ला र रोपाई उत्सव कार्यक्रम सम्पन्न भएको थियो ।
Trending Now
- The Cathay Group surpasses the 100,000-passenger milestone on a single day
- Nepal’s Tourism Rebounds with 1.1 Million Foreign Tourists in 2024
- This Indian hospitality chain Sarovar Hotels will manage Nepal’s largest hotel The Massif Hotel
- Greenland’s leader steps up push for independence from Denmark
- Hanoi declared world’s most polluted city, authorities seek action
- 5 countries assume responsibilities as elected members of UN Security Council
- Earthquake of magnitude 5.1 jolts Myanmar
- Operationalisation of Markichowk substation of Tanahun enhances Nepal’s integrated electricity system
- Famous personalities who lost in 2024.
- Terrible disasters of 2024: Thousands killed, trillions in damage
Comments are closed.