काठमाडौं । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा शनिबार अपराह्न फूलपाती बढाइँ गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सेनाले बढाइँ गरेको हो । बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा फूलपाती बढाइ समारोह–२०८० लेखिएको ब्यानर प्रदर्शन तथा पुष्पवृष्टि गरिएको थियो ।
कार्यक्रममा सेनाले परेड प्रस्तुत गर्नुका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत गरिएको थियो । सेनाले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गरेको थियो ।
बढाइँ कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षा मन्त्रीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
गोरखा दरबारबाट ल्याइएको जमरा र फूलपाती हनुमान ढोकाको दशैँ घरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ ।
Comments are closed.