जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ        

 

काठमाडौं, ९ कात्तिक

भक्तपुर, ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा बैतेश्वर गाउँपालिका-१ घर भई भक्तपुर दुवाकोट बस्ने ३० वर्षीय राम चन्द्र दाहाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई दाहालले मादक पदार्थ सेवन गरी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अर्घाखाँची, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भुमिकास्थान नगरपालिका-६ बराहचौर बस्ने ५९ वर्षीय नुम बहादुर पुनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई पुनले सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खिल्जिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.