कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ   

 

काठमाडौं, १० साउन

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काठमाडौं बुढानिलकण्ठ बस्ने भोजपुर खार्ताम्छाकी ४३ वर्षीया गिता गुरुङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत चितवनको २०७७ माघ १२ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा जन्म कैद सजाय ठहर भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट पक्राउ गरेको  हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

Comments are closed.