जबरजस्ती करणी गरेको अभियोगमा मन्दिप पुरी पक्राउ

झापा, २ असोज

१९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-७ स्थित मणी राईको ब्लक फ्याक्ट्रीमा काम गरी बस्ने उदयपुर बेलका नगरपालिका-९ घर भएका ३२ वर्षीय मन्दिप पुरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई श्रीमान नभएको मौका पारी महिलाकै कोठामा गई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.