सन्ताेष गुप्ता पक्राउ गुप्ता का साझेदारहरूकाे पनि व्यापक खाेजबीन

भैरहवा । भारतमा ठूलो मात्रामा पक्राउ परेको चरेसको कारोवारमा भारतीय नागरिक सन्तोष गुप्ता पक्राउ परेका छन् ।भारत महाराजगन्ज का एसपी स्वंय गुप्ताकाे घरमा नै आएर उनलाई लगेका हुन । अहिले भारतीय प्रहरीले पक्राउ परेका सन्ताेष गुप्ता का साझेदारहरूकाे पनि व्यापक खाेजबीन र छानवीन शुरू गरेको थाहा भएको छ । नेपाली साझेदारहरू भारतीय भूमिमा गएको बेला कुनै पनि समयमा समातिने भएका छन् ।
भारतको ठुटिबारी घर भएका सन्तोष गुप्ता धेरै पहिले देखि लागूऔषध चरेशको कारोवारमा संलग्न रहेको तथ्य भारतीय प्रहरीले नै उजागर गरेको छ ।भारतीय प्रहरीले चरेस बरामद गरेपछि असली मालिकको खोजबिन गर्ने क्रममा चरेस सहित पक्राउ परेका व्यक्तिले गुप्ताको नाम पोलेको समेत खुलेको छ । ठुटिबारी भारत घर भएका सन्तोष गुप्ता धेरै बर्ष अघि देखि नेपालबाट कवाडी सामान भारतमा पठाउने कार्यमा संलग्न हुदै आएका थिए । कवाडीको सामान उनले डब्बामा राखेर उनले भारत पुर्याउंदै आएका थिए । कवाडीको नाममा चरेस तस्करी धन्दा उनले गर्दै आएको समेत खुलेको छ । भारतीय प्रहरीले कवाडी सामान भनेर सामान्य चेकजाँच गरि छोड्ने गर्दै आएकोमा यसभन्दा पहिले पनि एकपटक चरेश समातिय पछि गुप्ताको कवाडी व्यापारमा निगरानी बढाएको थियो । फलस्वरूप ठूलो मात्रामा भारतीय प्रहरीले चरेस बरामद गर्न सफल भयो ।

Comments are closed.