ब्राउन सुगर र पेस्तोलसहित भक्तपुरबाट २ जना पक्राउ

काठमाडाैं । अवैध हतियार र प्रतिबन्धित लागूऔषधसहित प्रहरीले २ जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा इलामको इलाम नगरपालिका-९ का ४१ वर्षीय चिरन्जीवी सिन्चुरी र नवलपुरको कावासोती नगरपालिका-२ का ३१ वर्षीय लेखबहादुर कार्की रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

अवैध हतियार तथा लागूऔषधको कारोबार भइरहेको सूचनाको आधारमा खटिएको कार्यालयकाे विशेष टाेलीले उनीहरूलाई बिहीबार भक्तपुरको सूर्यविनायक नगरपालिका-१० नलिन्चोकबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट केएफ ७.६५ लेखिएको लेखिएको ५ राउण्ड गोली लोड भएको म्याग्जीनसहितको पेस्तोल, खाली म्याग्जीन थान १ र लागुऔषध खैरो हेरोइन जस्तो देखिने लेसिलो पदार्थ ५ ग्राम बरामद भएको कार्यालयले जनाएकाे छ ।

उनीहरूविरुद्ध लागुऔषध तथा हातहतियार खरखजानासम्बन्धी कसुरमा आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि प्रहरी वृत्त जगाती भक्तपुरमा पठाइएको पनि कार्यालयले जनाएकाे छ ।

Comments are closed.