Trending Now

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, ३ पुस

कैलाली, धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकबाट अवैध लागूऔषध चरेस २ किलोग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बझाङ खप्तडछान्ना गाउँपालिका-३ घर भएका १९ वर्षीय क्षितिज रावल र छविस पाथीभेरा गाउँपालिका-२ बस्ने ३६ वर्षीय जक्सन रोकाया रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा रावलको साथबाट १ किलो २ सय ग्राम र रोकायाको साथबाट ८ सय ग्राम उक्त चरेस फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

दाङ, लमही नगरपालिका-८ सतबरीयाबाट अवैध लागूऔषध गाँजा ५ किलो ६ सय ग्राम सहित घोराही   उपमहानगरपालिका-१२ हापुर बस्ने ३३ वर्षीय रूपक पुन समेत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । रा.१ प ५०३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा बोरामा लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

केन्द्रीय प्रहरी समाचार कक्ष)

Comments are closed.