अवैध लागूऔषध सहित पक्राउ

    

काठमाडौं, १४ पुस

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित नेपालगंज उपमहानगरपालिका-५ घर भएका २३ वर्षीय टिका राम थापालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको भे.१ ख ३१४६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनले सर्टभित्र लुकाई ल्याएको उक्त पदार्थ सहित फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.