अवैध लागूऔषधसहित ६ जना पक्राउ    

काठमाडौं, ७ असार

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्रामसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ बस्ने १९ वर्षीय गगन कार्कीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, दुहबी नगरपालिका-५ फुटबल चोकबाट अवैध लागूऔषध गाँजा ९ किलोग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत राज्य बिहार जिल्ला अररिया पिपरा पञ्चायत-६ बिसनपुर टोल बस्ने २२ वर्षीय दिपेश यादव र भारत राज्य बिहार जिल्ला अररिया मझवा पश्‍चिम पञ्चायत-३ ईन्द्रपुर रानीगन्ज टोल बस्ने २० वर्षीय अभिषेक यादव रहेका छन् । प्रहरी पोष्‍ट दुहबीबाट खटिएको प्रहरीले को.१ ख ७८७५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-२ व्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ८ सय ६० मिलिग्रामसहित गोदावरी नगरपालिका-१ बस्ने २४ वर्षीय हेम सिंह साउदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, हेटौडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ५ ग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मोतिहारी-४ बस्ने १७ वर्षीय किशोर  र बारा ईटयाही गाउँपालिका-१२ बस्ने १४ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरीले पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ ज ८६८८ नम्बरको माईक्रोबसलाई जाँच गर्ने क्रममा माइक्रोबसमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.