अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, १६ भदौ

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित धादिङ गल्‍छी गाउँपालिका-४ बस्ने २४ वर्षीय धिरज भण्डारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ०३२६ नम्बरको माईक्रोलाई जाँच गर्ने क्रममा माइक्रोमा सवार धिरजले सिमेन्टको बोरामा लुकाई ल्याउँदै गरेको उक्त गाँजा सहित फेला उनलाई पक्राउ गरेको हो ।

कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट ५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित भजनी नगरपालिका-१ भजनी बस्ने २८ वर्षीय सुगन्ध बस्नेतलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.