भरुवा बन्दुकसहित पक्राउ

महोत्तरी, १ वैशाख

बर्दिबास नगरपालिका-८ स्थित हात्तीलेटको जगंलबाट भरुवा बन्दुक २ थान, बारुद करिब ५ ग्राम र छर्रा ३७ वटासहित सोही नगरपालिका-१४ नमुनाबस्ती बस्ने ४९ वर्षीय भिम भन्ने गणेश बहादुर मगरलाई  बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त जंगलमा सिकार खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनलाई सिकार खेल्दै गरेको अवस्थामा उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।

घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.