अवैध रूपमा लैजान लागेको सुनजस्तो देखिने पहेंलो वस्तु सहित पक्राउ  

काठमाडौं, ११ साउन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपामा भन्सार छलि लैजान लागेको १ किलो ६ सय १० ग्राम सुन जस्तो देखिने पहेंलो अर्धठोस वस्तु सहित भारतीय नागरिक राहदानी नम्बर एम ४९५०८९५ वाहक ४२ वर्षीय यूसुफ हारोनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

फ्लाई दुबईको उडानद्वारा दुवईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा भित्री वस्त्रमा प्लाष्टिकभित्र लुकाई ल्याई भन्सार छलि लैजान लागेको उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ ।

 

Comments are closed.