काठमाडौं, २१ कात्तिक
गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी गल्मतीस्थित टहरामा गलैचा कारखाना संचालन गर्ने मकवानपुर बकैया गाउँपालिका-१ घर भएका २८ वर्षीय रोहित तामाङलाई चोरी पैठारी गरी ल्याएको खयरको जस्तो देखिने काठबाट बनाइएको डमरूको फ्रेम १ सय ६० थान सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
तामाङले खयर जातको काठबाट बनाएको डमरुको फ्रेम मकवानपुर बकैयाबाट चोरी पैठारी गरी ल्याई उक्त टहरामा लुकाइ राखेको भन्ने सूचानाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उक्त परिमाणको डमरूको फ्रेम सहित उनलाई फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Comments are closed.